नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी शिक्षक संघले विद्यालय शिक्षा विधेयकविरुद्ध बिहीबारदेखि देशभर जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ।
संघका केन्द्रिय अध्यक्ष ज्ञानसागर प्रजापतिले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी असोज ४ गते बिहीबारदेखि ६ गते शनिबारसम्म विधेयकबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जिल्ला समितिहरुलाई सूचित गराएको छ। संघले विद्यालयको पढ्न पाउने अधिकारलाई कुन्ठित नगर्न अन्य शिक्षक संगठनहरुलाई अनुरोध पनि गरेको छ।
नेपाल सरकारले संसदमा ल्याएको विद्यालय शिक्षा विधेयक दर्ताविरुद्ध नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघले बुधबारदेखि अनिश्चितकालिन विद्यालय बन्द घोषणा गरी काठमाडौँ केन्द्रित विरोध कार्यक्रमको घोषणा सुरु गरिसकेका छन्।
शिक्षक संघको आन्दोलनप्रति विमति नभएकाे जनाउँदै संघले तर अनिश्चितकालिन बन्द प्रति भने विमति रहेकाे जनाएकाे छ। उसले अनिश्चितकालिन विद्यालय बन्द नगर्न आन्दोलनकारी संगठनसँग अनुरोध गरेको छ।






























प्रतिक्रिया