काठमाडौँको ट्राफिक अवस्था आज अस्तव्यस्त भएको छ। शिक्षा विधेयकको विरोधमा बुधबारदेखि नै काठमाडौँमा शिक्षकहरूले प्रदर्शन थालेपछि ट्राफिक अवस्था अस्तव्यस्त हुन पुगेको हो।
बुधबारदेखि थालेको प्रर्दशन बिहीबार समेत जारी राखेका छन्। बुधबार शान्तिपूर्ण रूपमा उत्रिएका शिक्षकहरू बिहीबार भने केही उग्र देखिएका छन्।प्रहरी र शिक्षकबीच बानेश्वरमा घम्साघम्सी समेत भएको छ। देशभरबाट आएका शिक्षकहरू काठमाडौंका सडकमा उत्रिएका छन्।





























प्रतिक्रिया