शिक्षक आन्दोलनले तीन दिनदेखि काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

शिक्षक आन्दोलनले तीन दिनदेखि काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको ट्राफिक व्यवस्था तीन दिनदेखि अस्तव्यस्त भएको छ। शिक्षा विधेयकको विरोधमा काठमाडौँमा शिक्षकहरूले प्रदर्शन गरेपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेकाे हो। देश भरबाट आएका शिक्षकहरूले बुधबारदेखि काठमाडौँमा प्रर्दशन गर्दै आएका छन्।

सरकारले शिक्षकहरूसँगको वार्ताको जिम्मा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिएको छ। शुक्रबार बस्ने भनिएको वार्ता अझै बस्न सकेको छैन। शिक्षक संगठन आन्तरिक छलफलमा जुटेको छ।

शुक्रबार पनि बिहानदेखि नै माइतीघरमा जम्मा भएका शिक्षकहरूको प्रदर्शन माइतीघर हुँदै संसद् भवन नयाँ बानेश्वरसम्म जाने तयारी गरेका छन्।जसकारण उक्त रूटमा चल्ने सवारी साधनलाइ विभिन्न सहायक रुटमा डाइभर्ट गरिएको छ।  

Logo