गुणस्तरीय शिक्षाका लागि उत्कृष्ट गन्तव्य‍, काठमाडौं बर्नहार्ट कलेज

गुणस्तरीय शिक्षाका लागि उत्कृष्ट गन्तव्य‍, काठमाडौं बर्नहार्ट कलेज

केन्द्रबिन्दु
0
Shares

गुणस्तरीय शिक्षाको पर्याय बनेको काठमाडौं बर्नहार्ट कलेज काठमाडौंको बाफलमा अवस्थित छ । शिक्षण क्षेत्रमा करिब दुई दशक योगदान गरेको बर्नहार्टले विद्यालयदेखि स्नातकाेत्तर तहसम्म अध्यापन गराउँदै आएको छ । परिणाममुखी नतिजा ल्याउन सफल यो कलेज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट ४०औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा उत्कृष्ट निजी कलेजको रुपमा पुरस्कृतसमेत भएको छ । 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज विश्वविद्यालय अनुदान आयोगबाट शैक्षिक संस्थामध्ये क्यूएए सर्टिफिकेट पाउने पहिलो निजी कलेज हो । शिक्षण क्षेत्रमा जीवन उपयोगी शिक्षा दिएर उत्कृष्टता प्रमाणित गर्दै आएको बर्नहार्ट कलेजमा, स्नातक तहमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि बिएस् सी सीएस् आईटी, बिसिए, बीबीएम, बीएएसडब्लू, बीबीएसको युग सुहाउँदो व्यवहारिक अध्ययन अध्यापन हुँदै आएको छ । 

स्नातक तहमा भर्ना हुने विद्यार्थीका लागि सूचना तथा प्रविधि, व्यवस्थापन, मानविकी संकायमा समेत यो कलेजमा सैद्धान्तिकसँगै प्रयोगात्मक अभ्यासमा जोड दिएको छ । 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज विश्व विद्यालय अनुदान आयोगबाट शैक्षिक संस्थामध्ये क्यूएए सर्टिफिकेट पाउने पहिलो निजी कलेज हो ।

प्रिन्सिपल सहदेव सिग्देल भन्छन्, ‘विद्यार्थीको सीप तथा  क्षमता विकास गर्न ह्याकाथन, आईटी क्लब लगायतका शैक्षिक गतिविधिले विद्यार्थी सिकाईको दायरालाई फराकिलो बनाएको छ । कलेजले वर्कसप, सेमिनार, रिसर्चमा विद्यार्थीलाई मात्र नभएर अध्यापकलाई समेत विज्ञ बनाउन जोड दिने गरेको छ ।’  

विद्यार्थीलाई प्रोत्साहन गर्न विभिन्न विद्यामा छात्रवृत्तिको समेत व्यवस्था गरिएको कलेजले जनाएको छ । 

कलेजमा स्नातकमा आईटीतर्फ समेत विश्व बजारमा प्रतिस्पिर्धी गराउने तवरमा अध्ययन अध्यापन भइरहेका छन् । ब्याचलर्स अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इन्फर्मेशन टेक्नोलोजी (बिएस् सी सीएस् आईटी),ब्याचलर अफ कम्प्युटर एप्लिकेशन (बीसीए)को अध्ययापन हुँदै आएको छ । आइटिकोर्षमा बिद्यार्थीहरुलाई हरेक सेमेस्टरमा पाठ्यक्रम सहित क्रेडिट कोर्ष समेत अध्यापन गराइन्छ । आईटी कोर्षमा विद्यार्थीलाई व्यसायिक बनाउन यो कलेजले व्यवहारिक अध्यापन गराउँदै आएको छ ।
 
त्यसैगरी व्यवस्थापन संकायका विद्यार्थीहरुको लागि विभिन्न अर्थ र बाणिज्यसँग सम्बन्धित तालिम तथा गोष्ठीहरु, इन्ट्रनसिप, फिल्ड भिजिट कलेजले गराउँदै आएको छ । बर्नहार्ट कलेजले व्यवसायिकता र आन्ट्रप्रेनरसिपको विकास गर्ने उद्देश्य सहित विद्यार्थीलाई अध्यापनमा जोड दिएको छ । व्यवस्थापनतर्फ  बीबीएस, बीबीएमको अध्यापन हुँदै आएको छ । यो कलेजका विद्यार्थी प्रतिष्ठित संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।

बजारमा प्रतिस्पर्धा गराउन योग्य बनाउँदै व्यवस्थापन संकायमा बर्नहार्ट कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको प्रिन्सिपल सिग्देल दाबी गर्छन् । 

मानविकी संकाय (बीएएसडब्लु)का विद्यार्थीहरुका लागि सम्बन्धित व्यक्ति र समाजप्रतिको उत्तरदायित्व लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । बर्नहार्ट कलेज, परिणाममुखी नतिजा दिने एक अब्बल तथा प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा समेत चिनिँदै आएको छ। 

बजारमा प्रतिस्पर्धा गराउन योग्य बनाउँदै व्यवस्थापन संकायमा बर्नहार्ट कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको प्रिन्सिपल सिग्देल दाबी गर्छन् । 

दक्ष तथा अनुभवी शिक्षक शिक्षिका, अध्यापनको आधुनिकशैली, व्यवहारिक तथा प्रयोगात्मक शिक्षा नै यस कलेजको प्रमुख विशेषता हुन् । बर्नहार्ट कलेजले विद्यार्थीलाई बजारको माग अनुसारको शिक्षा दिनका लागि विश्वविद्यालयले तोकेको पाठ्यक्रमका अलवा समयको मागअनुसार कोर्स र विभिन्न तालीमहरु दिने गरेको छ । साथै, कलेजले विद्यार्थीलाई करिअर काउन्सिलंग समेत दिँदै आएको छ । हरेक समस्याका समाधन खोज्न सिकाउने तथा विद्यार्थीमैत्री अध्यापक भएकाले नै सिकाई प्रक्रियामा मद्दत पुग्ने विद्यार्थीको भनाई छ ।

विद्यार्थीका लागि अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिँदै विभिन्न शैक्षिक गतिविधिमा समेत यो कलेजले ध्यान दिँदै खेलकुद, शैक्षिक भ्रमण, गेष्ट लेक्चरल क्लास, इन्डष्ट्रीयल भिजिट लगायतमा सहभागीता गराउँदै आएको छ । सुविधायुक्त भौतिकपूर्वाधार, मल्टिमिडिया सहितका कक्षा–कोठा, स्वच्छ क्यान्टिन प्रयोगशाला, लगायतका सुविधा यो कलेजका विशेषता हुन् । 

बर्नहार्ट कलेज, पुरातन शैलीमा भन्दापनि व्यवहारिक ज्ञान दिएर विद्यार्थीलाई पढाउन केन्द्रित रहेको छ । लामो समय देखि शिक्षण क्षेत्रमा योगदान गर्दै उत्कृष्ट सावित हुँदै आएको बर्नहार्ट कलेजमा उच्च शिक्षा अध्ययका लागि उपयुक्त गन्तव्य हुनेछ । बर्नहार्ट कलेजमा स्नातक तहमा भर्ना खुलिसकेको छ । त्यसैले रोज्ने हैन त ? काठमाडौं बर्नहार्ट कलेज, उज्जवल भविष्य बनाउन एक शेतु बनेर विद्यार्थीलाई सहजीकरण गर्न प्रतिबद्द छ ।

Skip This
Skip This
Logo