गुणस्तरीय शिक्षामा प्रतिबद्ध ब्रिजवाटर इन्टरनेसनल कलेज

गुणस्तरीय शिक्षामा प्रतिबद्ध ब्रिजवाटर इन्टरनेसनल कलेज


ब्रिजवाटर एजुकेशन फाउन्डेशन तथा रिसर्च सेन्टर शैक्षिक क्षेत्रका अनुभवी व्यक्तिहरुको अग्रसरतामा काठमाडौंको सिनामंगलमा वि.सं. २०६७ सालमा स्थापना भएको शिक्षण संस्था हो । ब्रिजवाटरको छातामा रहेर विद्यालयतह, प्लस टु हुँदै स्नातकसम्म अध्ययन–अध्यापन हुँदै आएको छ । सीप तथा ज्ञानले निपूर्ण बनाउँदै आएको ब्रिजवाटर फाउन्डेशनअन्तर्गत रहेर विद्यालय तहदेखि स्नातकसम्म अध्यापन हुँदै आएको छ । ब्रिजवाटर इन्टरनेसनल कलेजमा स्नातकमा बीसीए र बीबीएसको पढाइ हुँदै आएको छ भने चार्टर्ड एकाउन्टेन्सीतर्फ सीए तथा एसीसीएको अध्यापन हुँदै आएको छ । 

परिणामुखी नतिजा दिएर शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रमाणित हुँदै आएको ब्रिजवाटरले युग सुहाउँदो अध्यापन गराउँदै आएको प्रिन्सिपल कृष्ण पौडेल बताउँछन् । स्थापनाको छोटो समयमा नै शैक्षिक उपलब्धि हासिल गर्न सफल यो कलेजले शैक्षिक गुणस्तरियताका निम्ति अहोरात्र मेहनत गर्दै आएको छ । 

परिणामुखी नतिजा दिएर शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रमाणित हुँदै आएको ब्रिजवाटरले युग सुहाउँदो अध्यापन गराउँदै आएको प्रिन्सिपल कृष्ण पौडेल बताउँछन् ।

'नविनतम् शैलीले अध्यापन गराएर शैक्षिक क्षेत्रमा पृथक पहिचना बनाएको ब्रिजवाटरले सैद्धान्तिकसंगै व्यवहारिक ज्ञान दिन कुनै कसर बाँकी राखेको छैन । ब्रिजवाटरबाट उत्तिर्ण भएका विद्यार्थी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक र पेशागत रुपमा नै सफल भएका उदाहरण धेरै छन् ।' प्रिन्सिपल पौडेलले भने । 

ब्रिजवाटरमा अध्ययन गरेका विद्यार्थी विश्वका प्रतिष्ठित विश्वविद्यालयमा आबद्ध भएका छन् । अनुभवी चार्टर्ड एकाउन्टेन्ट एवं प्रभुत्व व्यक्तित्वका अग्रसरतामा नै ब्रिजवाटरले गुणस्तरीय शिक्षा अध्यापन गराउँदै आएको छ । नेपालको कर्पाेरेट बैंकिङ र चार्टर्ड एकाउन्टेन्सी क्षेत्रतर्फ ब्रिजवाटरको उपलब्धी अनुकरणीय रहेको छ । 

नियमित कोर्ष बाहेक नन-क्रेडिट काेर्स, फिल्ड भिजिट, जब प्लेसमेन्ट, आईटी कम्पनीमा ईन्टर्नसिपलगायतको व्यवस्था ब्रिजवाटरले गर्दै आएको छ ।

यो शैक्षिक संस्थाअन्तर्गत रहेका शिक्षण क्षेत्रले नतिजा उपलब्धिमूलक दिएका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रहेको ब्रिजवाटरका स्नातकका काेर्सहरु, बीसीए र बीबीएस अध्यापन गराउँदै विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउन एक शेतु सावित भएको छ । 

व्यवसायिक शिक्षामा जोड दिँदै ब्रिजवाटरमा बीसीए कार्यक्रमअन्तर्गत आईटीका विभिन्न काेर्सहरु अध्यापन गराइन्छ । नियमित कोर्ष बाहेक नन-क्रेडिट काेर्स, फिल्ड भिजिट, जब प्लेसमेन्ट, आईटी कम्पनीमा ईन्टर्नसिपलगायतको व्यवस्था ब्रिजवाटरले गर्दै आएको छ । पाठ्यक्रम बाहेकका सफ्टवेयर स्किल, प्राेगामिङ, एवम् डेटा बससम्बन्धित विभिन्न तालिमको व्यवस्था ब्रिजवाटरले गरेको छ । 

ब्रिजवाटरले विभिन्न सफ्टवेयर कम्पनीसंग एमओयू गरेकाले पनि बीसीए अध्ययन गरेका विद्यार्थीका लागि ईन्टर्नसिपका लागि सहजता भएको छ । त्यति मात्र नभएर कोर्षलाई आवश्यक स्मार्ट क्लासरुम, सुविधासम्पन्न डिजिटल ल्याव, कम्प्युटर ल्यावको समेत ब्रिजवाटरमा सुविधा रहेको छ ।

ब्रिजवाटरले पाठ्यक्रमसंग सम्बन्धित शैक्षिक गतिविधि तथा अतिरिक्त क्रियाकलापमा समेत जोड दिँदै आएको छ । अध्यापनसंगै विद्यार्थीको चौतर्फी विकासका लागि कलेजले शैक्षिक भ्रमण, ईन्टर्नसिपमा सहजिकरण, जब प्लेसमेन्टको व्यवस्था, खेलकुदलगायत विविध गतिविधिमा केन्द्रित गरेको छ । यो कलेजले हरेक शैक्षिक समस्याको समधानको बाटो पहिल्याउन विद्यार्थीलाई सहजिकरण गर्दै आएको छ । कलेजले सिकाईको दायरा फराकिलो बनाउन पढाइ सँगसँगै प्रयोगात्मक अभ्यासमा समेत विद्यार्थीलाई केन्द्रित गर्दै आएको छ । 

विद्यार्थीमैत्री शिक्षा दिने भएकाले नै विद्यार्थीको रोजाईमा ब्रिजवाटर पर्दै आएको छ ।

व्यवसायिक एवम् नविनतम् शैक्षिक नेटवर्क बनाउने उद्देश्य बोकेको ब्रिजवाटरले किताबी ज्ञान मात्र नभइ व्यवहारिक शिक्षामा समेत जोड दिएको छ । उत्कृष्ट अध्यापन शैली, श्रोतयुक्त पुस्तकसहितको लाइब्रेरी, पर्याप्त खेलकुद मैदान ब्रिजवाटरको विशेषता हुन् । त्यति मात्र नभएर स्नातकमा भर्ना हुन चाहने विद्यार्थीका लागि ब्रिजवाटरले निःशुल्क प्रवेश परीक्षा तयारी कक्षा समेत व्यवस्था गरेको छ । त्यस्तै सीए अध्ययनका लागि समेत सहजीकरण गर्दै आएको छ । विद्यार्थी केन्द्रित एवम् गुणस्तरीय शिक्षण विधिमा जोड दिँदै आएकाले नै ब्रिजवाटर, उपयुक्त शैक्षिक गन्तव्य हुनेमा दुई मत छैन ।

याे समाचारका लागि यस लिंकमा क्लिक गर्नुहाेस्

Logo