गत वर्ष अध्ययनका लागि अमेरिका गए १५ हजार बढी नेपाली विद्यार्थी

गत वर्ष अध्ययनका लागि अमेरिका गए १५ हजार बढी नेपाली विद्यार्थी

केन्द्रबिन्दु
0
Shares

एकै वर्षमा अमेरिका अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या १५ हजार नाघेको छ।​ नेपालस्थित अमेरिकी दूतावासका अनुसार गत वर्षमा १५ हजार ९० जना नेपाली विद्यार्थी अध्ययनका लागि अमेरिका पुगेका छन् । 

अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेन्जबारे सन् २०२३ को ओपन डोर्स रिपोर्ट सार्वजनिक भएलगत्तै अमेरिकी दूतावासले यो जानकारी दिएको हो । ‘उक्त रिपोर्टअनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको सङ्ख्या गत वर्ष २७‍.९ ले वृद्धि भई १५,०९० पुगेको छ, जुन सङ्ख्या हालसम्म कै उच्चतम हो’ अमेरिकी दूतावासले भनेको छ।

शैक्षिक वर्ष २०२२-२०२३ मा १० लाख भन्दा धेरै अर्थात् १० लाख ५७ हजार १८८ जना अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजाइमा अमेरिका परेको छ। उसका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको शीर्षस्थ गन्तव्यको रूपमा अझै पनि अमेरिका रहेको जनाउँदै सबैलाई शुभकामना दिएको छ। 

Skip This
Skip This
Logo