बिएएलएलबीको प्रवेश परिक्षामा रवि पाण्डेले निकाले पहिलो नम्बरमा नाम

बिएएलएलबीको प्रवेश परिक्षामा रवि पाण्डेले निकाले पहिलो नम्बरमा नाम

केन्द्रबिन्दु
6
Shares

कपिलवस्तुका रवि पाण्डेले कानून संकाय अन्तर्गतको ब्याचलर (बिएएलएलबी)को प्रवेश परिक्षामा पहिलो नम्बरमा नाम निकालेका छन्। 

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कानून विभागले २०८०-०८१ को भर्ना समूहका लागि लिएको प्रवेश परिक्षामा पाण्डेले शिर्ष स्थानमा नाम निकालेका हुन। 

उनले प्रवेश परिक्षामा ७८.३३ प्रतिशत अंक ल्याउँदै शीर्ष स्थानमा नाम निकालेकाे हाे। पाण्डेले प्रवेश परिक्षाका लागि ‘डिजुरे इन्स्टिच्युट अफ ल’बाट प्रवेश परिक्षाको तयारी गरेका थिए। 

उनले शिर्ष स्थानमा नाम निकाल्दा आफू हर्षित भएको बताएका छन्। उनले भने, ‘नाम निकाल्नका लागि मात्रै पढिरहेको थिएँ। तर, पहिलो नम्बरमा नै नाम आउँदा निकै खुसी भएको छु।’

आफूले कानूनमा ब्याचलर्स अध्ययन गर्न नेपाल ल क्याम्पसलाई नै गन्तव्य बनाएर तयारी गरेको उनले बताए। प्रवेश परिक्षामा शिर्ष स्थानमा नाम निकालेसँगै आफू त्यही पढ्ने रविले बताए। 

Logo