कमलपोखरीस्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ।
समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससी (अनर्स) कम्प्युटिङ, बिएससी (अनर्स) कम्प्युटर नेटवर्किङ र आइटी सेक्युरिटी, बिएससी (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन र बिएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजी का ७१० जना विद्यार्थी सहभागी भएका थिए।
स्नातकोत्तर तहअन्तर्गत एमएससी आइटी र एप्लाइड सेक्युरिटी विषयका ७२ जना विद्यार्थी दीक्षित भएका छन्।
समारोहमा बिजनेस विषयमा स्नातक तह गर्ने १४५ र आइटी तह पूरा गर्ने ५६५ विद्यार्थी गरी कुल ७८२ विद्यार्थी दीक्षित भएका छन्।
यस वर्ष लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट छात्रवृत्तिको लागि दुई उत्कृष्ट विद्यार्थी सन्देश तिम्सिना र आशिष आचार्यलाई छात्रवृत्ति प्रधान गरिएको छ। साथै, आइएनजी छात्रवृत्तिका लागि रोदन महर्जन र मोहम्मद तौसिफ रेजा सम्मानित भएका छन्।
वार्षिक स्नातक समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट एकेडेमिक पार्टनरसिपका प्रमुख डा. वेन्डी ब्लोइसी र लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका प्रो–भाइस चान्सलर, नोना म्याकडफल लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा यो कार्यक्रम गरिएको थियो।





























प्रतिक्रिया