काठमाडौं ।
सरकारले विश्वविद्यालय तहका सबै खाले परीक्षाहरु पनि स्थगित गर्ने निर्णय गरेको छ । बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेसँगै सरकारले विश्व विद्यालय तहका परीक्षा पनि स्थगित गरेको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिलेको अवस्थामा परीक्षा सञ्चालन गर्दा जोखिम बढ्न सक्ने भन्दै परीक्षा स्थगित गर्न निर्देशन दिएको बताएका छन् ।
सरकारले सबै विद्यालय तथा विश्वविद्यालय तहका परीक्षाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
सरकारले एसइई लगायत विश्वविद्यालय तहको परीक्षाको सम्पूर्ण तयारी भने गरिसकेको थियो ।





























प्रतिक्रिया