काठमाडौं ।
एसइई पूर्व निर्धारित समयमा नै सञ्चालन हुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
शुक्रबार विज्ञप्ति निकाल्दै मन्त्रालयले एसइई पूर्व निर्धारित तालिका अनुसार नै हुने जनाएको हो । विज्ञप्तिमा भनिएको छ –‘कोरोना भाइरसका कारण उत्पन्न वर्तमान परिस्थितिको विश्लेषण गरेर कक्षा १ देखि ९ सम्मका परीक्षा चैत ५ गतेभित्र सम्पन्न गरिसक्न मन्त्रालयले यसअघि नै आह्वान गरिसकेको छ । चैत ६ गतेदेखि हुने एसईई परीक्षा यथावत् रुपमै संचालन हुनेछ ।’
त्यस्तै मन्त्रालयले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने गलत सूचनाको भ्रममा नपर्न समेत आव्हान गरेको छ ।






























प्रतिक्रिया