सिद्धार्थ बिद्यापीठमा ओपन हाउस कार्यक्रम सम्पन्न (भिडियोसहित)

सिद्धार्थ बिद्यापीठमा ओपन हाउस कार्यक्रम सम्पन्न (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

भक्तपुर ।

सिद्धार्थ बिद्यापीठ भक्तपुरमा ओपन हाउस अन्तर्गत पाठ्यक्रममा आधारित विभिन्न बिधामा केन्द्रित कार्यक्रमहरुको प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ ।

शनिबार सम्पन्न कार्यक्रममा बिज्ञान प्रदर्शनी, शैक्षिक प्रदर्शनी लगायत विद्यार्थीहरुले आफैं पकाएका विभिन्न खाजा तथा खाना (योमरी, बारा, समयाबजी, पानी पुरी ) हरुको प्रर्दशनी पनि गरिएको थियो ।

कार्यक्रममा स्टिम एजुकेशन, प्रबिधिमुलक शिक्षा अन्तर्गत कक्षा तीनदेखि सात कक्षासम्मका भाइ बहिनीहरुले बनाएका थ्रि डि एनिमेशन , तारा मण्डल, पुतलीको जीवन चक्र आदीका साथै सिभिल इन्जिनियरिङ्गमा आधारित घरको नक्सासमेत विद्यार्थीहरुले कम्प्युटर प्रयोग गरि आफैं बनाएर देखाएका थिए।

यस्तै विद्यार्थीहरुद्वारा बनाइएका चित्रकलाको पनि प्रदर्शनी गरिएको थियो । वातावरण जोगाउ भन्ने नाराका साथ खेर गएका सामान तथा प्लास्टिकका बोतलहरु र खानेकुराका प्लाष्टिकबाट निर्मित विभिन्न सजावटका सामग्रीहरु पनि कार्यक्रमका आर्कषक बनेका थिए ।

Logo