काठमाडौं ।
शुक्रबार तीनकुनेमा शैक्षिक परामर्श सेवा र शिक्षा निती सम्बन्धि अन्तर्क्रिया कार्यक्रम आयोजना भएको छ । कार्यक्रममा शिक्षा मन्त्रालय, नेपाल राष्ट्र बैंक, ईक्यान, प्याब्सन जस्ता विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य नेपालको शिक्षा क्षेत्रको निती, नियम, विभिन्न, समस्या, सल्लाह सुझावहरु एउटै फोरममा राखेर केही निष्कर्षमा पु¥याउने रहेको थियो । जसमा उपस्थित विभिन्न क्षेत्रका व्यक्तित्वहरुले आआफ्नो धारणा राखेका थिए ।
पछिल्लो समयमा दैनिक १ सय ५० भन्दा बढी संख्यामा विद्यार्थीहरु उच्च शिक्षा हासिलका लागि विदेशिएको पाइन्छ । नेपालमा ४ हजार ५ सय कन्सल्टेन्सीहरु छन् । ती मध्ये १ हजार ५ सय जति मात्र शिक्षा मन्त्रालयमा दर्ता भएका छन् । अरु सबै मन्त्रालयको सिफारिस कुरिरहेको अवस्था छ ।
शैक्षिक परामर्श शिक्षा सेवाको विद्यमान अवस्था भनेको कन्सल्टेन्सी क्षेत्रका लागि राज्यको स्पष्ट निती नहुनु कन्सल्टेन्सी व्यवसायीहरुको मुख्य समस्या हो । नेपालबाट विदेश अध्ययनमा जाने विद्यार्थीहरुको मुख्य समस्या नेपालमा शिक्षा पूर्ण रुपमा नहुनु हो ।
कार्यक्रममा ईक्यानका अध्यक्ष प्रकाश पाण्डे, निवर्तमान अध्यक्ष दिपक गरुङ, निवर्तमान उपाअध्यक्ष शेष राज भट्टराई , प्याप्सनका अध्यक्ष दीपीका थापा लगायतले आफ्नो धारणा राखेका थिए ।





























प्रतिक्रिया