- सिम्रन खड्का,
मकवानपुर ।
मकवानपुरको थाहा नगरपालिका १० मा रहेको श्री चम्पाकेश्वर आधारभुत विद्यालय बिसिङ्खेलमा भूतपूर्व विद्यार्थीहरुले न्यानो कपडा वितरण गरेका छन् । उनीहरुले कक्षा १ देखि ८ कक्षा सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।
पूर्व विद्यार्थी अर्जुन बस्नेत र शालिकराम अधिकारीको पहल र काठमाडौं बाफलमा रहेको सान कम्पनिको सहप्रायोजकमा यहाँ न्यानो कपडा वितरण गरिएको हो ।
पूर्व विद्यार्थी द्वय अर्जुन बस्नेत र शालिकराम अधिकारीले आगामी दिनहरुमा पनि यसरी नै साथ र सहयोग रहेन बताएका छन् । कार्यक्रममा ११० जना विधार्थीलाई न्यानो कपडा स्वरुप ज्याकेट वितरण गरिएको छ । विद्यालयका प्रधानाध्यापक बिनोद सुवेदीले शुभकामना मन्तव्य राख्दै यहि स्कूलमा कखरा सिकेर गएका पूर्व विद्यार्थीले गरेको सामाजिक कार्य प्रति आफू निकै खुशी भएको र विद्यार्थीहरुले विद्यालय प्रति राखेको झुकावले आफूलाई अझै काम गर्ने जोश र जाँगर पलाएको बताए ।

कार्यक्रम मा समाजसेवी लक्ष्मण बस्नेत पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिन्द्र बहादुर थापा ,विद्यालय व्यवस्थापन समितिका सदस्यहरु ,शिक्षा प्रेमीहरु , अभिभावकहरु ,विद्यालयका गूरु वर्ग लगायतको उपस्थिति रहेको थियो। स्कूल व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर गोपालीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा वडा प्रतिनिधि दिपक गोपालीको प्रमुख आतिथ्यता रहेको थियो।





























प्रतिक्रिया