६ विश्वविद्यालय उपकुलपतिविहीन

६ विश्वविद्यालय उपकुलपतिविहीन

केन्द्रबिन्दु
0
Shares

काठमाडौ‍ं, २०७६ मंसिर २२ ।

तीन महिने निमित्त उपकुलपतिहरूको म्याद मंसिर ६ गतेदेखि सकिएसँगै मुलुकका ६ वटा विश्वविद्यालय उपकुलपतिविहीन बनेका छन् । उपकुलपतिविहीन हुँदा विश्वविद्यालयहरूको प्राज्ञिक तथा प्रशासनिक कार्यमा बाधा पुगेको छ।

भदौ ६ गते सातवटा विश्वविद्यालयका उपकुलपतिहरूको चार बर्से कार्यकाल सकिएपछि कुलपति एवं प्रधानमन्त्रीले ती विश्वविद्यालयहरूमा तीन महिने निमित्त उपकुलपति नियुक्त गरेका थिए । यसैबीच सरकारले कात्तिक १८ गते त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटालाई चार बर्से कार्यकालका लागि नियुक्त ग¥योे। त्रिविबाहेक अन्य विश्वविद्यालयमा उपकुलपति छनोट गर्न शिक्षामन्त्रीकै संयोजकत्वमा सर्च कमिटी गठन गरियो। तर सर्च कमिटी गठन भएको लामो समय बितिसक्दा पनि उपकुलपति छनोट हुन सकेका छैनन्।

मंसिर ६ गतेदेखि नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा तीन महिने निमित्त उपकुलपतिहरूको म्याद सकिएको छ। उपकुलपतिविहीन हुँदा विश्वविद्यालयहरूको प्राज्ञिक तथा प्रशासनिक कार्यमा बाधा पुगेको छ।

यसअघि सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा रेक्टर सुधा त्रिपाठी, नेपाल संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा रेक्टर रमेश ढकाल, कृषि तथा वन विश्वविद्यालयको निमित्त उपकुलपतिमा डिन शारदा थपलिया र पूर्वाञ्चल विश्वविद्यालयको निमित्त उपकुलपतिमा डिन बिजुकुमार थपलियालाई तोकेको थियो।
नागरिकबाट

Logo