शिक्षाका एक दर्जन सहसचिव सरुवा

शिक्षाका एक दर्जन सहसचिव सरुवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकै पटक करिब एक दर्जन सहसचिवको सरुवा गरेको छ । मन्त्री गिरिराजमणी पोखरेलले मंगलबार एकै पटक ती सहसचिव सरुवा गर्नुभएको हो ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक वावुराम पौडेल र पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. लेखनाथ पौडेललाई सरुवा गरेको छैन । बाँकी अधिकांस सहसचिव सरुवा गरेको छ । मन्त्रालयको योजना महाशाखा र प्रवक्ताको जिम्मेवारी पाउनु भएका सहसचिव वैकुष्ठ अर्याललाई शिक्षक सेवा आयोगमा सरुवा गरिएको छ ।

त्यस्तै मन्त्रालयका उच्च शिक्षा तथा प्राविधिक महाशाखाका प्रमुख डा. हरी लम्साललाई चिकित्सा शिक्षा आयोगमा सरुवा गर्नुभएको छ । करिब एक महिनादेखि काम विहीन सहसचिव कमल पोखरेललाई मन्त्रालयको योजना महाशाखाको जिम्मेवारी दिइएको छ । त्यस्तै विष्णुप्रसाद अधिकारीलाई शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा सरुवा गरिएको छ ।

मन्त्री पोखरेलले केन्द्रका सहसचिव दीपक शर्मालाई मन्त्रालयको उच्च तथा प्राविधिक शिक्षा महाशाखा, भुकम्पबाट क्षतिग्रस्त विद्यालय पुननिर्माण गर्न गठित केन्द्रीय आयोजना इकाइका प्रमुख इमनारायण श्रेष्ठलाई मन्त्रालय, शिक्षक सेवा आयोगका सहसचिव डा। तुल्सी थपलियालाई मन्त्रालय, इभेन्ट परियोजनाका निर्देशक केशव दाहाललाई शैक्षिक गुणस्तर परीक्षण केन्द्र र केन्द्रका खगेन्द्र नेपाललाई शिक्षाका लागि खाद्य कार्यक्रम कार्यालयमा सरुवा गरिएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo