एमबीबीएस प्रवेश परीक्षाको बाटो खुल्यो

एमबीबीएस प्रवेश परीक्षाको बाटो खुल्यो

केन्द्रबिन्दु
0
Shares

एमबीबीएस प्रवेश परीक्षा सञ्चालन गर्ने बाटो खुलेको छ।

सर्वोच्च अदालतले  यसअघि भदौ २० गते दिएको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश सुनाएसँगै परीक्षा सञ्चालन गर्ने बाटो खुलेको हो ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले यस्तो आदेश दिएको हो । ‘यस अदालतका एक न्यायाीशको इजलासबाट मिति २०७६/०५/२० मा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्न परेन, अरू कानूनबमोजिम गर्नू,’ सर्वोच्चले भनेको छ ।

सर्वोच्चले हजारौं विद्यार्थी प्रवेश परीक्षामा सामेल हुन तयारीको अवस्थामा रहेको र विभिन्न शैक्षिक प्रतिष्ठानको शैक्षिक शत्रको कार्यतालिका नै प्रभावित हुने गरी अन्तरिम आदेश जारी गर्नु उपयुक्त नभएको ठहर गरेको छ ।

Logo