काठमाडौं विश्वविद्यालयमा बेथिति, नियम मिचेर शैक्षिक पदमा नियुक्ति

काठमाडौं विश्वविद्यालयमा बेथिति, नियम मिचेर शैक्षिक पदमा नियुक्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

काठमाडौं विश्वविद्यालयले नियम र प्रक्रिया विपरीत विश्वविद्यालयमा शैक्षिक पदमा नियुक्ति दिएको पाइएको छ । विश्वविद्यालयको स्कुल अफ आर्ट्स अन्तर्गत आह्वान गरिएको विज्ञापनमार्फत पदपूर्तिका क्रममा अनियमितता भएको पाइएको हो ।

विश्वविद्यालयले गत माघमा शैक्षिक पदको ०३/०७५–०७६ शीर्षकमा खुला प्रतियोगिताका लागि विज्ञापन आह्वान गरेको थियो । यसक्रममा विश्वविद्यालयले पदपूर्तिको प्रचलित प्रक्रिया र मान्यता विपरीत तीन प्रकृतिका शैक्षिक पदमा नियुक्ति सिफारिस गरेको हो ।

विश्वविद्यालयसँग यसबारे सूचना माग गर्दा सूचना उपलब्ध गराउन अस्वीकार गर्दै आएको छ । २७ असार २०७६ मा पत्रकारिता, विकास अध्ययन र पेन्टिङ विषयमा तीन उम्मेदवार छनोट गरिएको थियो । स्रोतका अनुसार स्कुल अफ आर्ट्सका डिनको रुचिअनुसार विश्वविद्यालयले तीन असिस्टेन्ट प्रोफेसर नियुक्त गरेको हो ।

यस क्रममा खुला प्रतियोगिताका स्थापित मान्यतालाई समेत बेवास्ता गर्दै छनोट समिति मार्फत अपारदर्शी ढंगबाट वैधानिकता दिएको पाइएकोे छ । स्रोतका अनुसार विश्वविद्यालय स्कुल अफ आर्ट्सका डिन सागर शर्माले रजिस्ट्रार सुबोध शर्मा तथा उपकुलपति रामकण्ठ माकाजु तथा छनोट समितिलाई समेत गलत सूचना दिएर आफू अनुकूलका व्यक्तिलाई नियुक्तिका लागि सिफारिस गरेका थिए ।

सिफारिस भएसँगै यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विकास अध्ययनमा प्रतिस्पर्धी डा. महेन्द्र सापकोटा र पत्रकारितामा प्रतिस्पर्धी लक्ष्मणदत्त पन्तले विश्वविद्यालयको बदनीयतका साथ सिफारिस गरेको भन्दै यसविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएका छन् ।
राजधानीबाट

Logo