काठमाडौं । टुरिजम र हस्पिटलिटी शिक्षामा छुट्टै पहिचान बनाउन सफल ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटलिटी एजुकेसन (गेट कलेज) ले नेपालमै पहिलो पटक टोस्टमास्टर क्लबको सुरुवात गरेको छ ।
विश्वका १४४ देशहरुमा संचालित टोस्टमास्टर क्लबले Personality development, Public speaking, leadership skills जस्ता बिषयहरुमा विद्यार्थीहरूलाई दक्ष र क्षमतावान बनाउने गर्दछ ।
हस्पिटालिटी क्षेत्रमा बिभिन्न देशका नागरिकहरूसँग कुराकानी गर्नुपर्ने भएकाले टोस्टमास्टर क्लबको ठूलो महत्व हुने कलेजका सिइओ खेमराज लकईले जानकारी दिए ।
कलेजमा टोस्टमास्टर क्लब संचालनमा आएपछि विद्यार्थीहरु पनि उत्साहित छन् । व्यवस्थापन संकाय अन्तर्गत टुरिजम र हस्पिटालिटीलाई प्राथमिकताका साथ अध्ययन अध्यापन गराउँदै आएको यस कलेजले विद्यार्थीहरुको प्रोत्साहनका लागि motivational class हरु पनि संचालन गर्दै आएको छ ।
अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गरिरहेको यस कलेजले विद्यार्थीहरुलाई व्यवहारिक र प्रयोगात्मक माध्यमबाट अध्ययन अध्यापन गराउँदै आएको छ ।
गेट कलेजमा टोस्टमास्टर क्लब सुरु
गेट कलेजमा टोस्टमास्टर क्लब सुरु
Posted by Kendrabindu – केन्द्रबिन्दु on Tuesday, August 13, 2019





























प्रतिक्रिया