केएमसी ललितपुरकाे ‘टेक्नाे फेस्ट ५.0’ कार्यक्रम सम्पन्न

केएमसी ललितपुरकाे ‘टेक्नाे फेस्ट ५.0’ कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
2.6k
Shares

काठमाडाैँ। काठमाडाैँ माेडेल कलेज ललितपुरकाे ‘टेक्नाे फेस्ट ५.0’ कार्यक्रम सम्पन्न भएकाे छ। आज एक विशेष समाराेहका साथ याे कार्यक्रम सम्पन्न भएकाे हाे।

याे कार्यक्रम ललितपुरकाे महालक्ष्मी नगरपालिका र रोबोटिक्स एशाेसिएशन अफ नेपालकाे सहकार्यमा मनाइएकाे हाे। कार्यक्रममा शिक्षक, विद्यार्थी र उनीहरुका अभिभावकहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न किसिमका प्राेजेक्टहरू प्रदर्शन गरेका थिए। टेक्नाे फेस्ट एउटा हेल्दी प्रतिस्पर्धा भएकाे कलेजले जनाएकाे छ।

कार्यक्रममा बाेल्दै केएमसीका इसिए हेड अमिर घर्तिले विद्यार्थीहरूबीच हेल्दी प्रतिस्पर्धा गराउन याे कार्यक्रम मनाएकाे बताएका छन्। साथै उनले सामाजिक उत्तरदायित्वका लागि पनि याे कार्यक्रमले मुख्य भूमिका खेलेकाे जनाए । उनले भने, ‘नेपालभरकाे चर्चित कलेज र साइन्सका विद्यार्थीलाई एउटा याे सामाजिक जिम्मेवारी सिकाउन सक्छाैँ।’

उनले थपे- ‘विद्यार्थीहरूलाई भाेलि गएर याे कलेजबाट केही माेटिभेसन हाेस् भनेर कार्यक्रम गरेका हाैँ।’ यस्तै, उनले ११, १२ का विद्यार्थीले जुन कुरा किताबमा पढ्छन्, त्याे कुरा कता अप्लाई गर्ने भन्ने कुरा पनि याे कार्यक्रमले सिकाउने बताए।

यस्तै, केएमसीका काेअर्डिनेटर किशाेर जिसीले विद्यार्थीहरूले आफूभित्र रहेकाे अन्तर्निहीत प्रतिभालाई बाहिर प्रस्फुटन गराउन याे कार्यक्रम गरिएकाे बताए । साथै विद्यार्थीहरूले जानेकाे एउटा टिमवर्क देखाउने मुख्य पाटाे भएकाे पनि उनले जिकीर गरे।

विभिन्न २५ स्कुलहरूकाे सहभागिता रहेकाे याे कार्यक्रममा विद्यार्थीहरूले एक-अर्काकाे प्राेजेक्टहरू राम्राेसँग नियाल्ने अवसर पाएका थिए। सबै विद्यार्थीहरूकाे फरक-फरक किसिमकाे प्राेजेक्टहरू हेर्न र आइडियाहरू साटासाट हुनु नै याे कार्यक्रमकाे विशेष पाटाे हाे। याे कार्यक्रममा रोबो रेसिङतर्फ भिएस निकेतन प्रथम भएकाे छ भने केएमसी संखमुल द्वितीय, र केएमसी बागबजार तृतिय भएकाे छ। साथै प्रथम, द्वितीय, तृतियलाई क्रमशः नगद १० ,७ र ५ हजार रूपैयाँका साथै ट्रफी कलेजले प्रदान गरेकाे छ।

साथै विद्यार्थीहरूले कलेजले यस्ताे माैका दिएकाेमा खुसी व्यक्त गरेका छन्। कार्यक्रममा धेरै नयाँ कुरा देख्न र आइडियाहरू सेयर गर्न पाइएको उनीहरुको भनाई थियाे। याे कार्यक्रम केएमसी ललितपुर र केएमसी बागबजारले सञ्चालन गर्दै आइरहेकाे छ।

Logo