राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ जना रहेको छ भने उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ ।
२.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३ जना रहेका छन् भने २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थी ३१ हजार जना रहेका छन् । त्यस्तै २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७ जना रहेका छन् ।
परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए ।
बोर्डले वेबसाइटहरु neb.gov.np, neb.ntc.net.np, edusanjal.com, theconnectplus.com, ekantipur.com बाट नतिजा हेर्न सकिने जनाएको छ। त्यस्तै NEB लेखि एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर टाइप गरी १६००, वा ३५००१ वा ३१००३ मा पठाएर पनि नतिजा हेर्न सकिन्छ ।





























प्रतिक्रिया