विगत २८ वर्षदेखि विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको अल्फाबिटा इन्स्टिच्युटले ‘अस्ट्रेलियन एजुकेशन फेयर २०१९’ को आयोजना गर्ने भएको छ । २०१९ जु्लाई २४ अर्थात यही साउन ८ गते बुधबार आफ्नै कार्यालय रहेको अल्फाबिटा कम्प्लेक्स् बानेश्वरमा शैक्षिक मेला आयोजना गर्न लागेको हो । मेला विहान १० बजे देखि बेलुका ५ बजेसम्म चल्नेछ ।
यस मेलामा अष्ट्रेलियाका २० वटा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी हुने निश्चित भएको आयोजक अल्फाबिटाले जनाएको छ । एकै छानामुनी अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरुसँग भेटघाट र परामर्श गर्न सकिने भएकाले यस मेलाको विशेष महत्व रहेको अल्फा बिटा इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष द्धिराज शर्माको भनाई छ । मेलाको उद्घाटन नेपालकालागि अष्ट्रेलियन राजदूतले गर्ने अल्फबिटाले जनाएको छ ।
मेलामा सहभागी विद्यार्थीहरुलाई अल्फाविटाले थुप्रै सुविधा र उपहार दिने योजनासमेत बनाएको छ । प्लाटिनम स्पोन्सरको रुपमा रहेको सिल्क एयरले मेलामा आएकामध्ये एक जना विद्यार्थीलाई मेल्बोर्नसम्मको हवाई टिकट निःशुल्क उपलब्ध गराउने छ भने अरु दुई जनालाई विशेष छुटमा टिकट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । त्यस्तै, डायमण्ड स्पोन्सरको रुपमा रहेको एनएमबि बैंकले मेलामा आफ्नो स्टल नै राखेर शैक्षिक कर्जाको बारेमा जानकारी दिनेछ ।
अध्ययनका लागि अष्ट्रेलिया जाने इच्छा भएका विद्यार्थीहरुको लागि पहिलो शर्त भनेको आईईएलटीएस, पीटीई जस्ता भाषा परीक्षा हो । यो सबै कुरा बुझ्ने उपयुक्त फोरम पनि हो अल्फा बिटा अष्ट्रेलियन एजुकेशन फेयर । मेलामा यस्तो भौचरहरु भर्न पाइनेछ जसमा विजयी हुनेले १९ हजार रुपैयाँ नतिरीकन आईईएलटीएस तथा पीटीई परीक्षा दिन पाउनेछन् ।
विद्यार्थी अष्ट्रेलिया गईसकेपछि काम के गर्ने ? भन्ने अन्योलता हटाउन पनि मेलामा आकर्षक योजनाहरु रहेका छन् । स्मरणरहोस् नेपालकै उत्कृष्ट शैक्षिक परामर्शदाता संस्थाको परिचय बनाएको अल्फाबिटाले १३ देशका ३ सयभन्दा बढी युनिभर्सिटी र कलेजहरुसँग सहकार्य गर्दै आइरहेको छ ।
अल्फाबिटाले साउन ८ गते अष्ट्रेलियन एजुकेशन फेयर गर्दै
-मेलामा अष्ट्रेलियाका २० वटा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी हुने । -मेला अल्फा बिटा इन्ष्टिच्युटको कार्यालय बुद्धनगरमा बिहान ८ बजे देखिसुरु हुनेछ।-एकै छानामुनी अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरुसँग भेटघाट र परामर्श गर्न सकिने ।
Posted by Kendrabindu – केन्द्रबिन्दु on Monday, July 22, 2019





























प्रतिक्रिया