काठमाडौँ,
लोकसेवा आयोगको असमावेशी विज्ञापन रद्द गर्न भन्दै सिट्टी जुलुस निकालिएको छ । सोमबार राजधानीमा संविधानको मुलमर्म र समानुपातिक समावेशि सिद्धान्त विपरित प्रकाशित गरिएको लोकसेवा आयोगको असमावेशी बिज्ञापन तुरुन्त रद्द गर्न माग गरि जुलुस निकालिएको हो ।
जूलूसका क्रममा उक्त आरक्षण सुनिस्चितसहितको विज्ञापन पुनः प्रकाशितको माग गरिएको छ । प्रोगेसिभ स्टुडेन्ट एलाएन्सले आयोजना गरेको जुलुसमा असंवैधानिक विज्ञापन खारेज गर, समानुपातिक समावेशिता कायम गर , करार भर्ति खारेज गर , जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानर प्रर्दशन गरिएका थिए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया