काठमाडौं,
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा राजधानीमा सुरु भएको १२ औं इक्यान शैक्षिक मेला आइतबार सम्पन्न भएको छ ।
उच्च शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी आयोजना गरिएको सो मेला ४ दिन सम्म चलेको थियो । मेलामा ५० हजार जनाले अवलोकन गरेको इक्यानले जानकारी दिएको छ । मेलामा अष्ट्रेलिया, जापान, अमेरिका, यूके, न्यूजिल्याण्ड, क्यानडा यूरोपसँगै छिमेकी मुलुकहरु भारत, चीन, बंगलादेश लगायतमा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई करिअर काउन्सेलिङ गरिएको थियो ।
इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेका अनुसार मेलाबाट विद्यार्थी तथा उनीहरुका अभिभावकहरुले विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधि र एजुकेशन कन्सलटेन्सीका परामर्श दाताहरुबाट जेन्युन काउन्सेलिङ पाएका थिए। गएको विहिबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सो मेलाको उद्घाटन गरेका थिए । मेलाको दोस्रो दिन विदेशमा उच्च शिक्षा लिइ नेपाल फर्किएका युवाहरु डा समीरमणि दीक्षित, नेतृ मानुषीयमी भट्टराई र चलचित्र निर्देशक बिनोद पौडेलले विदेशको शिक्षाबारे आफ्ना अनुभव साटेका थिए ।
विद्यार्थी तथा अभिभावकसँग साक्षात्कार गर्दै उनीहरुले उच्च शिक्षाका लागि कुनै पनि मुलुकमा गए पनि त्यहाँ सिकेको सीप नेपालमा परिचालन गर्न विद्यार्थीहरुलाई सुझाव दिए। मेलामा कलाकार, नेता तथा यूवाहरुले अवलोकन गरेका थिए ।





























प्रतिक्रिया