ब्राडफोड ग्लोबल एजुकेशनलको ब्रान्ड एम्बेसडरमा अभिनेत्री नीति शाह

ब्राडफोड ग्लोबल एजुकेशनलको ब्रान्ड एम्बेसडरमा अभिनेत्री नीति शाह

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । अभिनेत्री नीति शाह ब्राडफोड ग्लोबल एजुकेशनल कन्सलटेन्सीको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छन् । फिल्म ‘खजुरे ब्रो’बाट नेपाली रजतपटमा डेब्यू गरेकी अभिनेत्री शाह त्यसयता तीन फिल्ममा अनुबन्धित भइसकेकी छन् ।

अभिनेत्री शाह र कन्सलटेन्सीका निर्देशक पवन विष्टबीच कागजी सम्झौतामा हस्ताक्षर भएको छ । नीतिले कन्सलटेन्सीको ब्रान्ड एम्बेसडर नियुक्त हुन पाउँदा खुशी लागेको बताएकी छन् । ‘ब्राडफोड, एप्लाई ग्लोबलले विगत १८ वर्षदेखि नेपाली विद्यार्थीहरुलाई विश्वका प्रसिद्ध शैक्षिक गन्तव्यमा जाँदा छात्रवृत्तिका लागि सहयोग गर्ने, काउन्सिलिङ गर्ने तथा उचित मूल्यमा इङ्लिस प्रोफिसेन्सी टेष्टहरु समेत गरिरहेको सुन्दा खुशी लाग्यो । यस्तो संस्थाको ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त हुन पाउँदा निकै खुशी लागेको छ,’ उनले भनिन् ।

ब्राडफोड ग्लोबलका निर्देशक तथा एप्लाई ग्लोबलका प्रमुख पवनले आफूहरुले सधै नै विदेश अध्ययन गर्न जाने सिलसिलामा विद्यार्थीहरुलाई कुनै वाधा झेल्न नपरोस् भनेर प्रण गरेको बताए । उनले नीतिलाई ब्रान्ड एम्बेसडर बनाउन पाउँदा खुशी लागेको समेत बताए । यस्तै, संस्थाका निर्देशक रविन्द्र घिमिरेले अझै गुणस्तरीय कार्य गर्ने वाचा गरेका थिए ।

शाह यसअघि पनि थुप्रै ब्रान्डमा जोडिसकेकी छिन् । नीति अभिनित फिल्म ‘खजुरे ब्रो’ वैशाख २८ मा रिलिज हुँदैछ । उनले निर्देशक सबिर श्रेष्ठको फिल्म ‘रुखान’ साइन गरिसकेकी छिन् । दिवाकर भट्टराइको निर्देशनमा बन्न लागेको फिल्ममा पनि उनी अभिनेता राज कटुवालको जोडी बनेर देखिँदैछिन् ।

Logo