नेपालका विश्वविद्यालय राजनैतिक दलका भर्ती केन्द्र बन्दा समस्या भयो -मन्त्री गिरी

नेपालका विश्वविद्यालय राजनैतिक दलका भर्ती केन्द्र बन्दा समस्या भयो -मन्त्री गिरी

केन्द्रबिन्दु
84
Shares

कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपालका विश्वविद्यालय राजनैतिक दलका भातृ संगठनका कार्यकर्ता भर्ती केन्द्र जस्तो भएको टिप्पणी गरेका छन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सहकार्यमा सोमबार काठमाडौंमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रममा ‘छुट्टै शैक्षिक परामर्श ऐन’ शीर्षकमा भएको विमर्शमा मन्त्री गिरीले ९ महिनासम्म बन्द हुने विश्वविद्यालय राजनैतिक दलका राजनैतिक दलका भातृ संगठनका कार्यकर्ता भर्ती केन्द्र जस्तो भएकोले समस्या आएको बताएका हुन् । ‘हाम्रो विश्वविद्यालय ९ महिनासम्म बन्द हुने राजनैतिक दलका भातृ संगठनका कार्यकर्ता भर्ती गर्ने ठाउँ जस्तो भएको छ । त्यसले समस्या तुल्यायो ।’ उनले भने ।

नेपालको शैक्षिक क्षेत्रको सुधार गर्न आवश्यक रहेको त्यसका लागि शैक्षिक परामर्शको ऐन बन्नुपर्ने उनको भनाई छ ।

अहिले शैक्षिक परामर्श संस्थाले सपना बाँडेर युवालाई विदेश लैजाने ट्रेन्ड बनेको पनि मन्त्री गिरीले टिप्पणी गरे । ‘पहिला १६र१७ वर्ष पुगेका युवालाई गाउँगाउँ गएर खोजी भर्तीको लागि लिन चलन थियो । अहिले शैक्षिक परामर्श संस्थाले सपना बाँडेर युवालाई विदेश लैजाने ट्रेन्ड बन्यो ।’ उनले भने ।

नेपाली विद्यार्थीहरूका लागि विदेशमा कुन विश्वविद्यालयमा ठिक भनेर खोज्नु भन्दा पनि यहाँका विद्यालयलाई पनि त्यहाँको जस्तो कसरी बनाउन सकिन्छ भनेर फोकस हुन जरुरी रहेको पनि मन्त्री गिरीले औंल्याए ।

Logo