शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्- शिक्षा विधेयकले शैक्षिक क्षेत्रका सबै विषय समेट्नुपर्छ

शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्- शिक्षा विधेयकले शैक्षिक क्षेत्रका सबै विषय समेट्नुपर्छ

केन्द्रबिन्दु
84
Shares

शिक्षाविद् विद्यानाथ कोइरालाले सरकारले ल्याएको शिक्षा विधेयकले शैक्षिक क्षेत्रका सबै विषय समेट्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सहकार्यमा सोमबार काठमाडौंमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रममा बोल्दै शिक्षाविद् कोइरालाले विधेयकले शैक्षिक परामर्शलगायत क्षेत्रलाई समेट्नुपर्ने बताएका हुन् । ‘नीतिगत भन्दा पनि नियतको चिन्तन हो, शिक्षा क्षेत्रमा जिम्मेवार बहन हुनसक्ने किसिमको काम भएको छैन, शिक्षा विधेयकले शैक्षिक क्षेत्रका सबै विषय समेट्नु पर्छ ।’ उनले भने ।

पछिल्लोसमय पढ्न जानेभन्दा विदेश कमाउन जानेको संख्या बढेकोमा गुनासो गर्दै कोइराला भन्छन् ‘हाम्रो नीतिमा हैन नियतमा प्रश्न देखिएको छ । अनिवार्य बालबालिकाको बचत सिकाउनु पर्छ नभए उद्यमी बन्न सक्दैनन् भनेर भन्दै आएको थिएँ, अहिले धेरै पालिकाले मनन् गर्दै कार्यान्वयनमा ल्याएका छन् ।’

उनी थप्छन्, ‘भएका नीति कार्यान्वयन गर्नेलाई स्याबासी पनि दिन सक्दैनौं, गर्नेलाई वातावरण पनि मिलाउन सक्दैनौं ।’

Logo