नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक परामर्श क्षेत्रलाई सरकारले बुझ्न आवश्यक रहेको बताएका छन् ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सहकार्यमा सोमबार काठमाडौंमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रममा बोल्दै पाण्डेले शिक्षा परामर्श क्षेत्र के हो भनेर शिक्षा मन्त्रालयले बुझ्न आवश्यक रहेको र यो क्षेत्रलाई व्यवस्थापन र सुधार गर्नका लागि नीति नियम बनाउन आवश्यक रहेकाे बताएका हुन् । त्यसका लागि आफूहरुले सक्दो सहयोग गर्ने उनको भनाई थियाे ।
‘उच्च शिक्षा ऐनले हामीलाई समेटेको भए राम्रो हुन्थ्यो, शिक्षा परामर्श क्षेत्र के हो भनेर शिक्षा मन्त्रालय बुझेको छैन । यो क्षेत्रलाई व्यवस्थापन र सुधार गर्न तर्फ सरकारको ध्यान गएन । नीति नियम सहजीकरणको लागि हुनुपर्यो, अफ्ठ्यारोका लागि हैन ।’उनले भने ‘हामी खराब छैनौं, खराब गर्नेलाई रोक्ने नीति नियम बनाउनु पर्छ, त्यसमा हामी पनि सहयोग गर्न तयार छौं ।’
साथै निवर्तमान अध्यक्ष पाण्डेले आफूहरु राज्य विरोधी नभएको पनि बताए । ‘सरकार र राज्य विरोधी हामी होइनौं, सरकालाई सहयोग गर्न पनि यस क्षेत्र तयार छ ।’ उनले भने ।





























प्रतिक्रिया