नेपाली र विदेशी शैक्षिक परामर्श संघबीच सहकार्य आवश्यक छः डा.मिनेन्द्र रिजाल

नेपाली र विदेशी शैक्षिक परामर्श संघबीच सहकार्य आवश्यक छः डा.मिनेन्द्र रिजाल

केन्द्रबिन्दु
112
Shares

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेपालमा रहेका शैक्षिक परामर्श संघ विदेशमा रहेका शैक्षिक परामर्श संघसँग जोडिएमा नेपाल साँचो अर्थमा अघि बढ्न सक्ने बताएका छन् ।

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले सोमबार आयोजना गरेका ‘ईक्यान एडुक्लेभ २ पोइन्ट ओ’लाई सम्बोधन गर्दै नेता रिजालले यस्तो बताएका हुन् । उनले विदेशमा पाएको एक्पोजर, सरकारी नीति नियम, विद्यार्थीमैत्री भए नेपाल साँचो अर्थमा अघि बढेको मान्न सकिने बताए ।

स्वदेश तथा विदेश जहाँ रहे पनि नेपाली विद्यार्थीहरुले विदेशबाट सिकेर आएको ज्ञानलाई कसरी राम्रो ठाउँमा प्रयोग गर्न सकिन्छ त्यो महत्वपूर्ण रहेको उनकाे भनाई थियाे ।

नेपालीहरु आत्तिएर विदेश गएको देखेता पनि ४८ सालअघिको भन्दा अहिले शतप्रतिशत राजस्व बढेको नेता रिजालले बताए । उनले विदेश गएकाहरुका कारण कुल ग्राहर्स्‍थ उत्पादन ४५ प्रतिशत र प्रतिव्यक्ति आम्दानी २५ गुणा बढेकाे बताए । साथै उनले विदेशमा अध्ययन गरिरहेका नेपालीहरुसँग भर्चुअल्ली जोडिएर उनीहरुबाट प्रत्यक्ष कक्षा लिन सकिने पनि बताए ।

नेता रिजालले आफ्नो परिवार विदेशमा एक्पोजर लिएर नेपाल फर्किएको उदाहरण दिँदै आफू जस्तै सबैलाई फर्काउनु पर्ने पनि बताए ।

Logo