शैक्षिक क्षेत्रलाई सरकारले अभिन्न अंगका रुपमा लिए देश आत्मनिर्भर बन्छः वरिष्ठ उपाध्यक्ष अग्रवाल

शैक्षिक क्षेत्रलाई सरकारले अभिन्न अंगका रुपमा लिए देश आत्मनिर्भर बन्छः वरिष्ठ उपाध्यक्ष अग्रवाल

केन्द्रबिन्दु
24
Shares

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमै लगानीमैत्री वातावरण बने विदेशिएका युवाहरु स्वदेश फर्किने बताउँछन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सहकार्यमा सोमबार काठमाडौंमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।

नेपालमा अवसर नै नभएर युवाहरु विदेशीन बाध्य रहेको पनि उनले बताए । उनले हाल नेपालमा अर्थतन्त्रको कमि, उत्पादनमुलक क्षेत्र घट्दै जानु र आयातित अर्थतन्त्रमा देश केन्द्रित हुनुलाई यसको केन्द्रबिन्दु मानेका छन् । उनले निजी क्षेत्रले जस्तै सरकारले पनि शैक्षिक क्षेत्रलाई आफ्नो अभिन्न अंगका रुपमा लिएको खण्डमा देशमै आत्मनिर्भर अर्थतन्त्रको विकास हुने बताए ।

Skip This
Skip This
Logo