विश्वविद्यालयलाई सुधार गर्नुछ भने नेताकाे ढाेका ढकढक्याउन बन्द गराैं -राजेन्द्र बराल [भिडियाे]

विश्वविद्यालयलाई सुधार गर्नुछ भने नेताकाे ढाेका ढकढक्याउन बन्द गराैं -राजेन्द्र बराल [भिडियाे]

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का पूर्वअध्यक्ष राजेन्द्र बरालले विश्वविद्यालयका प्रोफेसरहरूलाई कटाक्ष गर्दै विश्वविद्यालयलाई सुधार गर्नुछ भने राजनीतिक पार्टी ढोका ढकढक्याउन बन्द गर्नुपर्ने बताएका छन् ।

इक्यानको सहकार्यमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रममा बेल्दै पूर्वअध्यक्ष बरालले शिक्षकहरूले राजनैतिक पार्टीको झोला बोक्न छाडे मात्र शैक्षिक क्षेत्रमा सुधार हुने बताएका हुन् । ‘नेपाललाई साँच्चिकै शैक्षिक हब बनाउने हो भने विश्व विद्यालयका अग्रज मित्रहरूले राजनीतिक पार्टीको ढोका ढकढक्याउन बन्द गर्नुपर्यो, विश्वविद्यालयका नाममा राजनीति गरी जागिर खाएर बस्ने अनि शैक्षिक परामर्श व्यवसायीलाई गाली गरेर बस्न चाँही भएन,’ उनले भने ।

नेपालमा एउटै शैक्षिक क्यालेन्डर बनाउनु पर्ने विषयमा पनि उनले जोड दिए ।

नेपाली मेडिकल कलेजमा विदेशबाट विद्यार्थी पढाउनका लागि ल्याउन सके वार्षिक ४० अर्ब रुपैयाँ भित्र्याउन सकिने पूर्वअध्यक्ष बरालको धारणा छ । ‘अहिले नेपालमा करिव २४ वटा मेडिकल कलेज छन्, त्यहाँ प्रति वर्ष २ हजार विद्यार्थीले अध्ययन गर्छन्, हामीले १०० वटा मेडिकल कलेज बनाएर १० हजार विद्यार्थीलाई पढ्न सक्ने बनाइ जसमा ६ हजार विद्यार्थीलाई विदेशबाट मेडिकल बढ्नको लागि ल्याउन सक्यौं भने नेपालमा वार्षिक ४० अर्ब रुपैयाँ पैसा भित्रिन्छ,’ उनले भने ।

शिक्षाका नाममा राजनीति गर्न नहुने विषयलाई जोड दिँदै बरालले विदेशबाट नेपाल पढ्न आउनेको लागि सहज वातावरण मिलाउनु पर्ने पनि बताए । विदेशी विद्यार्थीहरू प्राविधिक र स्वास्थ्य शिक्षा बढ्नका लागि सबैभन्दा बढी आउनसक्ने उनले बताए । जसका लागि नेपालमा शैक्षिक पूर्वाधारहरु पनि सोही अनुरूपको हुन आवश्यक रहेको उनको बुझाई छ ।

Logo