युकेको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

युकेको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । मनास्लु स्कुलले डीजी स्कुल नेपालसँगको सहकार्यमा युकेको विश्वस्तरीय कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्ने भएको छ।

शुक्रबार मनास्लु स्कुलले डिजी स्कुलसँग एक साझेदारी पत्रमा हस्ताक्षर गर्दै आफ्ना विद्यार्थीलाई डिजिटल शिक्षाका अग्रणी संस्था एनसीसी एजुकेशन युकेको विश्वस्तरीय कम्प्युटर पाठ्यक्रममा पहुँच प्रदान गर्ने जनाएको हो।

मनास्लुले प्रगतिशील शिक्षा प्रणाली लागूगरी विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित विषयमा विशेष ध्यान केन्द्रित गरेको जनाएको छ।

डीजी स्कुलको कम्प्युटर पाठ्यक्रम लागू गरेर मनास्लुले आफ्ना विद्यार्थीहरूलाई कोडिङ, कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, इन्टरनेट अफ थिङ्गसलगायत सूचना प्रविधिका अन्य विविध विषयको नवीनतम ज्ञान र कौशल प्रदान गर्ने दाबी गरेको छ।

मनास्लुका सीइओ नरेशप्रसाद श्रेष्ठ भन्छन्,‘यो साझेदारीले ल्याउने सम्भावनाहरूबारे उत्साहित छौँ। डिजीस्कुल कम्प्युटर पाठ्यक्रमलाई हाम्रो शैक्षिक कार्यक्रममा समावेश गर्नुको प्रमुख उद्धेश्य अहिलेको डिजिटल युगमा हाम्रो विद्यार्थीको सफल भविष्य सुनिश्चितताका लागि समय सापेक्ष शिक्षा प्रदान गर्नु नै हो।’

Logo