केएमसी बागबजारद्वारा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई

केएमसी बागबजारद्वारा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई

केन्द्रबिन्दु
84
Shares

बागबजारकाे काठमाडौं मोडेल सेकेन्डरी स्कुल (केएमसी)ले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी केएमसी बागबजारले कक्षा १२ मा अध्ययनरत २ हजार भन्दा बढी विद्यार्थीहरुलाई विदाई गरेको हाे ।

उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा वरिष्ठ पत्रकार राजेन्द्र बानियाँलाई निम्त्याइएको थियो । कार्यक्रममा विद्यालय परिवार, विद्यार्थी र अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो । विदाई कार्यक्रमको शुभारम्भ प्रमुख अतिथी वरिष्ठ पत्रकार बानियाँले पानसमा दियो बालेर गरेका थिए ।

साे क्रममा वरिष्ठ पत्रकार बानियाँले अन्य विद्यार्थीहरु जस्तै आफ्नो सन्तान पनि आज केएमसी स्कुलबाट विदा भइरहेको बताए । सोही अवसरमा उनले उक्त विद्यालयमा पहिलो पटक छोरीको भर्ना गर्न आउँदा विद्यालयले कुनै प्रकारको केरकार विना आफ्नो छोरीको भर्ना गरेको पनि स्मरण गरे ।

यस्तै, उनले उच्च शिक्षाका नाममा विदेश जाने प्रवृति नेपालमा विकराल बनिरहेको पनि बताए ।

यस्तै, स्कुलका प्रधानाध्यापक नगेन्द्रबहादुर अर्यालले विद्यार्थीहरुको कडा मेहनत र लगनशिलताले केएमसी नेपालकै सर्वाेत्कृष्ट स्कुल बनेको बताए । उनले आफ्नो स्कुलबाट अध्ययन गरेका विद्यार्थीहरु नेपालकै सबैभन्दा प्रतिष्ठित संस्थाहरुमा आवद्ध रहेको बताउँदै अहिले स्कुलमा अध्ययन गरिरहेका विद्यार्थीहरुबाट पनि सोही प्रकारको नतिजाको आशा राखेको बताए ।

यसैगरी कार्यक्रममा हिमालय कलेज अफ इन्जिनियरिङका प्रधानाध्यापक किशोर गौतमले केएमसीमा अध्ययनरत विद्यार्थीहरुले परीक्षामा सहभागी भएर सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई उनीहरुको मेहनतको कदर स्वरुप रकम हस्तान्तरण गरे ।

कार्यक्रममा विद्यालयको पूर्वविद्यार्थी र हाल विदा भएका विद्यार्थीहरुले अहिले अध्ययन गरिरहेका विद्यार्थीहरुलाई शुभकामना दिँदै स्कुलसँगको आफ्नो अनुभव साटासाट गरे ।

विदाई कार्यक्रममा विद्यार्थीहरुले आफ्नो नाच्न गाउने कलाको प्रस्तुती दिएका थिए । यसैगरी स्कुलबाटै अध्ययन गरेका भविष्यका सिए, डाक्टर, इन्जिनियर विद्यार्थीहरुलाई प्रशंसा पत्र हस्तान्तरण गरिएको थियो । उक्त विदाई कार्यक्रम फ्याकल्टी टपर र केएमसी एक्सिलेन्स अवार्ड वितरण गरेर समापन गरिएको थियो ।

Logo