काठमाडौं महानगरका विद्यालयहरुले पाठ्यपुस्तक, पोशाक र स्टेशनरी विक्री गर्न नपाउने

काठमाडौं महानगरका विद्यालयहरुले पाठ्यपुस्तक, पोशाक र स्टेशनरी विक्री गर्न नपाउने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरुलाई (सामुदायिक र संस्थागत)ले शैक्षिक बर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री गर्न र किन्न बाध्य नबनाउन आग्रह गरेकाे छ ।

महानगरको शिक्षा विभागले शुक्रबार विद्यालयहरुलाई परिपत्र गर्दै प्रचलित कानून विपरीत नगर्न सचेत गराएको हाे । ‘सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई विद्यालयवाटै पाठ्यपुस्तक, पाठयसामग्री, पोसाक, स्टेशनरी लगायत सामग्रीहरु खरिद गर्न वाध्य नगर्नु/ नगराउनु हुन र विद्यालयबाट वेचविखन समेत नगर्नु/ नगराउनू’ पत्रमा भनिएको छ ।

सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नु परेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्ने छ । यसवाहेकका पाठ्यपुस्तकका लागि महानगरपालिकाले भुक्तानी नगर्ने बताइएको छ ।

विद्यालयहरुले यस विपरीतका कार्य (स्वीकृत पाठ्य सामग्री प्रयोग नगरेमा, पोसाक, स्टेशनरीलगायतका सामग्री विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकहरुलाई बाध्य गराएमा) शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५, नियमावली २०७४ तथा प्रचलित कानुन बमोजिम कारबाही हुने परिपत्रमा उल्लेख छ ।

Logo