हेराल्ड कलेजद्वारा ८९ विद्यार्थीलाई डेढ करोडको छात्रवृत्ति प्रदान

हेराल्ड कलेजद्वारा ८९ विद्यार्थीलाई डेढ करोडको छात्रवृत्ति प्रदान

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । हेराल्ड कलेजले ८९ विद्यार्थीलाई डेढ करोड रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ ।

कलेजका अनुसार एएए छात्रवृत्ति समारोह २०२४ को आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।

उपस्थिति, हाजिरी, प्राज्ञिकता र आचरणलाई एकै सुत्रमा बाँध्ने यस एएए छात्रवृत्तिको उद्देश्य शैक्षिक शुल्कमा शत प्रतिशत छात्रवृत्ति मार्फत विद्यार्थीहरुलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन गर्न प्रोत्साहित गर्नु कलेजको उद्देश्य रहेको छ ।

छात्रवृत्तिको यस संस्करणमा आवेदकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । कलेजका अनुसार करिब १.५ करोड पुरस्कार राशिको यस छात्रवृत्तिका प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा ८९ उत्कृष्ट विद्यार्थी छनोट गरेका थिए ।

यिनै विद्यार्थीको सम्मानमा आयोजित उक्त समारोहमा उनीहरूलाई आफ्ना परिवारजन तथा सम्पूर्ण कलेज परिवारका माझ इनोभेट हेराल्ड कलेजका सीईओ प्रकाश श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

यो छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अद्भुत अवसर बन्न सफल भएको छ । यसको परिकल्पना विद्यार्थीहरूलाई सक्रिय रुपले विभिन्न गतिविधिहरुमा संलग्न गराउदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहन दिन गरिएको कलेजले जनाएको छ ।

Logo