पिनाकल कलेजद्वारा स्थापनाको २५औं वर्षको अवसरमा पहिलोपटक कक्षा १२ का विद्यार्थी दीक्षित

पिनाकल कलेजद्वारा स्थापनाको २५औं वर्षको अवसरमा पहिलोपटक कक्षा १२ का विद्यार्थी दीक्षित

केन्द्रबिन्दु
98
Shares

ललितपुरमा अवस्थित पिनाकल कलेजले आफ्नो स्थापनाको २५औं वर्षको उपलक्ष्यमा पहिलो पटक कक्षा १२ का विद्यार्थीहरुलाई दिक्षित गरेको छ । शुक्रबार आयोजित दिक्षान्त समारोहमा कलेजले पहिलो पटक १२ कक्षाका विद्यार्थीहरुलाई दिक्षित गरेको हो । समारोहमा प्रमुख अतिथिका रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्याल, विशेष अतिथिका रुपमा राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेशका अध्यक्ष जयन्ती सत्याललगायत कलेजका प्रिन्सिपल, कलेज परिवार र कक्षा ११ र १२ का विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रमको शुभारम्भ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले पानसमा दियो बालेर गरेका थिए । दिक्षान्त समारोहमा कलेजमा विगत १० वर्षदेखि कार्यरत शिक्षक, विभिन्न फ्याकल्टी मेम्बरलगायत मिडियातर्फ केन्द्रबिन्दु टेलिभिजनका प्रधान सम्पादक विदुर खतिवडालाई कलेजले विशेष सम्मान गरेको थियो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल ऋषि तिवारीले दिक्षान्त भएका विद्यार्थीहरुलाई बधाई दिए । यस्तै उनले कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई अहिलेको आधुनिक समाजमा कागजको डिग्री भन्दा ब्यबहारिक ज्ञानको महत्व बढी भएको बताउँदै भविष्यमा आफ्ना विद्यार्थीहरुले असल कार्य गर्नेमा विश्वास व्यक्त गरे । साथै उनले कलेजलाई २५ वर्षसम्म सफलताका साथ दोहोर्याउन योगदान गर्ने विभिन्न सहयोगी हातहरुलाई पनि सहृदय सम्मान व्यक्त गरे ।


सो अवसरमा मन्त्री अर्यालले कलेजका फाउण्डर तथा प्रिन्सिपल ऋषि तिवारीले कलेज स्थापना गर्नुअघि गरेका विभिन्न दुःख सम्झिए । यस्तै उनले कार्यक्रममा बोल्दै शिक्षालाई सिप र श्रमसँग जोडेर अघि बढाउनुपर्ने बताए । त्यसका लागि उनले प्रदेश र स्थानीय सरकारसँग मिलेर सातै प्रदेशमा जेष्ठ १७ गतेदेखि ३० गतेसम्म श्रमाधान रोजगार मेलाको आयोजना गर्ने बताए । उनले सरकारको अबको प्रयास देशमा नै रोजगारी सिर्जना गर्ने रहेको बताए ।

यस्तै कार्यक्रमको अन्त्यमा कलेजका प्रिन्सिपल तथा कलेज परिवारले १२ कक्षाका विद्यार्थीहरुलाई दिक्षित गरेका थिए । यस्तै विद्यार्थीहरुले विभिन्न नाचगान र आफ्नो प्रतिभा प्रस्तुत गरेर कार्यक्रमको समापन भएको थियो ।

Skip This
Logo