‘एजुकेशन फेयर’ गर्दै हब इन्टरनेशनल

‘एजुकेशन फेयर’ गर्दै हब इन्टरनेशनल

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । काठमाडौंको हात्तीसारमा रहेको हब इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले ‘एजुकेशन फेयर’ गर्ने भएको छ।

आगामी जेठ ५ गते शनिबार हबले आफ्नै कार्यालयमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म एजुकेशन फेयरको आयोजना गर्न लागेको हो ।

उक्त कार्यक्रमले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि उत्कृष्ट शैक्षिक परामर्श लिन सहयोग गर्ने बताइएको छ। यूके, आयरल्याण्ड, क्यानडा, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, न्युजिल्याण्ड, भारत र दुबईलगायतदेशका ३० भन्दा बढी युनिभर्सिटी र इन्स्टिच्युटका प्रतिनिधिहरूले लक्षित विद्यार्थीलाई प्रत्यक्ष साक्षात्कार गर्ने कन्सल्टेन्सीले जनाएको छ।

यसबाहेक विद्यार्थीले छात्रवृत्ति अवसरहरू र अन्य विभिन्न सुविधाहरूको बारेमा जानकारी प्राप्त गर्ने मौका पाउनेपनि कन्सल्टेन्सीले दाबी गरेको छ।

Logo