आइएसटी कलेजको १७औं दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न

आइएसटी कलेजको १७औं दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न

केन्द्रबिन्दु
1.2k
Shares

टुरिजम् र होटल म्यानेजमेन्ट क्षेत्रमा अनुकरणीय बनेको इन्टरनेसनल स्कुल अफ टुरिजम् एन्ड होटल म्यानेजमेन्ट (आइएसटी) कलेजको १७औं दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच कलेजका करिब एक सय विद्यार्थी दीक्षित भएका हुन् ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथिका रुपमा उपस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका भाइस चान्सलर प्रा.डा. सुवर्णलाल बज्राचार्यले गरेका थिए । कार्यक्रममा पोखरा विश्वविद्यालयका डिन डा. दयाराज ढकाल, साल्सवर्ग युनिभर्सिटी अफ अप्लाइड साइन्स अस्ट्रियाका प्रतिनिधी सिमोनी लाइमा, आइएसटी कलेजका चिफ एक्जिक्युटिभ नरेन्द्र बज्राचार्य उपस्थित थिए । साथै कलेजबाट दीक्षित भएका विद्यार्थी र अभिभावकहरुको पनि बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका भाइस चान्सलर प्रा. डा. सुवर्णलाल बज्राचार्यले दिक्षान्त भएका विद्यार्थीहरुलाई बधाई दिए । उनले गौतम बुद्धको उदाहरण दिँदै विद्यार्थीहरुलाई उनले देखाएको मार्गमा हिँड्न आग्रह गरे । उनले नेपालको पहिचान विश्वमा बेच्न सकिएमा नेपालमा पर्यटनबाटै आफ्नो छुट्टै पहिचान बन्न सक्ने पनि बताए ।

आइएसटी कलेजका चिफ एक्जिक्युटिभ नरेन्द्र बज्राचार्यले कार्यक्रममा दिक्षान्त भएका विद्यार्थीहरुलाई बधाई दिए । उनले समय र परिस्थिती अनुसार आइएसटीले आफ्नो पाठयपुस्तक परिवर्तन गर्दै आएको बताए । यस्तै उनले नेपालमै कम मूल्यमा गुणस्तरिय शिक्षा प्रदान गर्न आफूहरु सफल भएको पनि बताए ।

यस्तै, पोखरा विश्वविद्यालयका डिन डा. दयाराज ढकालले विद्यालयबाट पाएको डिग्री कागजको एक टुक्रा मात्रै भएको र विद्यार्थीको असली परीक्षा समाजमा प्रवेश गरेपछि हुने बताए । उनले आफूले आर्जन गरेको ज्ञानबाट समाज परिवर्तनमा कुनै योगदान दिन नसकेमा त्यो ज्ञानको औचित्य नरहेको पनि बताए ।

अन्त्यमा आइएसटी कलेजकी प्रिन्सिपल सम्झना बस्न्यातले कार्यक्रममा उपस्थित विद्यार्थी र अभिभावकहरुलाई धन्यवाद ज्ञापन व्यक्त गरिन् । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई अवार्ड पनि वितरण गरिएको थियो ।

Logo