काठमाडौंको लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टले शिक्षा क्षेत्रमा उत्कृष्ट शिक्षण सिकाइको पद्धति खोज्ने अभिप्रायले आयोजना गरेको कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
लिटिल एन्जल्सले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘शिक्षा क्षेत्रमा उत्कृष्ट शिक्षण सिकाइको पद्धति के हुन सक्छ भन्दै खोजी गर्ने अभिप्रायले मंगलबार विराटनगरमा र गत शनिबार जनकपुरमा कार्यशाला गोष्ठीको आयोजना गरेको हो ।
विराटनगरका मेरिल्याण्ड कलेज, अरनिको कलेज, नेशनल एकेडेमी, विराट मोडल कलेज, शिक्षादीप कलेज तथा ग्रीनल्याण्ड कलेजका शिक्षकहरुलाई समावेश गर्दै शिक्षण सिकाइको उत्कृष्ट पद्धतिका विषयमा गोष्ठीकै माध्यमबाट छलफल गरिएको थियो । शनिबारको गोष्ठीमा भने जनकपुरधामका विभिन्न कलेज, स्कुल तथा विश्वविद्यालयका शिक्षकहरूले सहभागिता जनाएका थिए ।
दुवै कार्यशाला गोष्ठीको सञ्चालन लिटिल एन्सजल्स कलेज अफ म्यानेजमेन्टका प्रधानाध्यापक डा. मित्रबन्धु पौडेल तथा डा. स्मृति कला पन्तले गरेका थिए । उनीहरुले कुनै क्षेत्रको विकासका लागि त्यहाँको मौलिकताका विषयमा विद्यालय स्तरबाटै विद्यार्थीमा ज्ञान हुनु आवश्यक रहेको उल्लेख गरेका थिए ।





























प्रतिक्रिया