प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न भएको छ । होटल म्यारियटमा शनिबार आयोजित समारोहको प्रमुख अतिथीका रुपमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थित थिए ।

अन्तर्राष्ट्रिय स्तरमै कहलिएको आइबी एजुकेसन प्रणालीअन्तर्गत प्राथमिक वर्ष कार्यक्रम (पिवाईपी) मध्य वर्ष कार्यक्रम (एमवाईपी) र माध्यमिक तहको डिप्लोमा (आईबीडीपी) कार्यक्रम संचालन गरेर आइबी कन्टिनम स्कुलको परिचय बनाएको नेपालकै एकमात्र शिक्षण संस्था प्रिमियर इन्टरनेसनलले आफ्नो पहिलो ब्याचलाई भव्य समारोह आयोजना गर्दै दीक्षित गरेको हो ।

आईबी कन्टिनम स्कुलबाट आईबीडीपी अध्ययन पूरा गर्दै दिक्षान्त प्रमाणपत्र हासिल गर्ने नेपालको यो पहिलो ब्याच हो ।

आईबीडीपी र राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) बाट कक्षा १२ तहसम्मको अध्ययन पूरा गरेका ९१ विद्यार्थीलाई स्कुलले दिक्षित गरेको प्रिमियर इन्टरनेसनल स्कुलकी एकेडेमिक निर्देशक प्रविना थापाले बताइन् । जसमा आईबीडीपी कार्यक्रमका ४१ विद्यार्थी छन् भने एनईबीका ५० विद्यार्थी छन् । आइबी कन्टिनम स्कुलबाट आईबीडीपी अध्ययन पूरा गर्दै दिक्षान्त प्रमाणपत्र हासिल गर्ने नेपालको यो पहिलो ब्याच हो ।

‘पीवाईपी, एमवाईपी र डीपी पाठ्यक्रमको अध्ययन पूरा गरेका विद्यार्थीहरुले यसबीचमा आफ्नो जीवनलाई आवश्यक शिक्षा हासिल गर्नुभयो भन्ने आशा लिएकी छु’ प्रिमियर स्कुलकी निर्देशक पवित्रा लिम्बूले भनिन्–‘अन्तराष्ट्रिय स्तरमा अब्बल आईबी एजुकेसन सिस्टमलाई स्थानीय सामाजिक परिवेश, हाम्रो कला संस्कृती अनुरुप अध्यापन गराएर ‘ग्लोबल सिटिजन’ जन्माउन प्रिमियर सफल भएको छ ।’

दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै निर्देशक लिम्बूले थपिन्– ‘कडा परिश्रम र समर्पण मार्फत आफ्नो क्षमता र उत्कृष्टता प्रदर्शन गर्न कन्टिनम स्कुलबाट आईबीडीपी अध्ययन पूरा गरेका विद्यार्थी सफल भएका छन् । यसले विद्यार्थीको जीवनमा ठूलो सकारात्मक प्रभाव पार्नेछ ।’

‘आईबी शिक्षा संसारका घुम्ने पासपोर्ट मात्र होइन, स्वदेश फर्किएर मातृभूमीका निम्ति सेवा गर्ने ‘रिटर्न टिकट’ पनि हो ।’

निर्देशक लिम्बूले विद्यार्थीको क्षमता अभिवृद्धि, गुणस्तर शिक्षामा दृढ रही प्रिमियर स्कुलले काम गर्दै आएको पनि बताइन् । ‘आईबी शिक्षा संसारका घुम्ने पासपोर्ट मात्र होइन, स्वदेश फर्किएर मातृभूमीका निम्ति सेवा गर्ने ‘रिटर्न टिकट’ पनि हो । साथै विश्वव्यापी अवसर र अनुभवहरूका लागि ढोका खोल्ने माध्यम पनि हो । यसले नेपालको विकासमा अर्थपूर्ण योगदान गर्ने त छँदैछ, विद्यार्थीलाई आवश्यक सीप, ज्ञान र दृष्टिकोण प्रदान गरेर सुसज्जित नागरिकको परिचय दिलाउँछ ।’ उनले भनिन् ।

प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलबाट विद्यार्थीले १५ वर्षमा हासिल गरेको ज्ञान र शिक्षाले उनीहरूको सुनौलो भविष्य निर्माणमा ठोस योगदान दिने निर्देशक लिम्बूले थपिन् ।

यसैगरी प्रिमियर इन्टरनेशनल स्कुलका प्रवन्ध निर्देशक वसन्त थापाले उच्च शिक्षाको लागि विद्यार्थी विदेश गए पनि स्वदेशमा फर्किएर काम गर्नुपर्ने बताए । ‘उच्च शिक्षाको क्रममा अहिलेको एक्काइसौं शताब्दीको शिक्षा र सीप सिकेर मुलुकमा त्यसको उपयोग गर्न सम्पूर्ण विद्यार्थीलाई मेरो आग्रह छ,’ प्रबन्ध निर्देशक थापाले भने ‘विद्यार्थीको उज्वल भविष्यको शुभकामना दिँदै प्रिमियरबाट दीक्षित हुने विद्यार्थीहरूले उच्च शिक्षा पश्चात देशको कायापलट हुने गरि आफुले जानेको ज्ञान र सिप बाँड्न सुझाव दिन चाहन्छु ।’

आईबी एजुकेसनबाट कक्षा १० उत्तीर्ण आफ्नै ब्याचलाई आईबीडीपी कार्यक्रममा भित्र्याएर नेपालकै एक मात्र आईबी कन्टिनम स्कुल बन्न प्रिमियर सफल भएको थियो ।

यस्तै, दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने, ‘देशका साथै समाज विकासमा तपाईंहरुको भूमिका महत्त्वपूर्ण छ, आगामी दिनमा तपाईंहरु अझ सक्रिय भएर अगाडि बढे सफलता अवश्य प्राप्त हुन्छ ।’

सन् २००८ मा ललितपुरको खुमलटारमा स्थापना भएको प्रिमियर स्कुलले स्विटजरल्यान्डबाट विस्तारित अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रणाली आईबी एजुकेसन सञ्चालनको मान्यता पाएको डेढ दशक पुगेको छ । आईबी एजुकेसनबाट कक्षा १० उत्तीर्ण आफ्नै ब्याचलाई आईबीडीपी कार्यक्रममा भित्र्याएर नेपालकै एक मात्र आईबी कन्टिनम स्कुल बन्न प्रिमियर सफल भएको थियो । आईबी शिक्षण प्रणाली अन्तर्गत आईबीका तीन वटै कार्यक्रम सञ्चालन गर्ने विद्यालयलाई मात्र आईबी वर्ल्ड एजुकेसनबाट आईबी कन्टिनमको उपाधि दिएर प्रमोसन गरिन्छ । जुन उपाधि हासिल गर्दै प्रिमियर नेपालको एक मात्र आईबी कन्टिनम स्कुलको पहिचान बनाउन सफल भयो । यो मुलुककै निम्ति गर्वको कुरा हो, किनभने विश्वभरमा आइबीका ७ प्रतिशतमात्र आईबी कन्टिनम विद्यालय छन् ।

विश्वव्यापी मान्यता प्राप्त आईबी एजुकेसन प्रणाली त्यसमा पनि आईबी कन्टिनम स्कुलबाट दिक्षित भएर निस्किएको यो ब्याच प्रति प्रिमियर इन्टरनेसनलले गौरव महशुस गरेको निर्देशक लिम्बूको भनाई छ । उनी भन्छिन्–‘नर्सरीदेखि कक्षा १२ सम्मको अन्तराष्ट्रियस्तरमै ख्याति प्राप्त आईबी एजुकेसन स्वदेशमै प्रदान गर्ने एक मात्र कन्टिनम स्कुल भन्दा प्रिमियर गौरवको अनुभूति गर्छ ।’

Skip This
Logo