इन्टरनेसनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेजका विद्यार्थीहरूले आयोजना गरेको ‘इन्क्लेभ इभेन्ट’ सम्पन्न भएको छ । आईएसटीमा दोस्रो वर्षको तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले बुधबार कलेजकै प्रांगणमा आयोजना गरेको उक्त कार्यक्रम उत्साहपूर्ण ढंगले सम्पन्न भएको हो ।
आईएसटीका विद्यार्थीहरुले हरेक वर्ष आयोजना गर्दै आएको यस कार्यक्रम विभिन्न शैक्षिक संस्थाका विद्यार्थीबीच एक आपसमा ज्ञान साटासाट गर्नुका साथै नयाँ विषय खोजीका लागि निकै उपयुक्त बन्दै आएको छ । विगतका वर्षमा बाहिरी कलेजका विद्यार्थीलाई निम्त्याइन्थ्यो । तर, यस वर्ष काठमाडौं भ्याली स्कुल र साम्तेन स्कुलसहित आधा दर्जन बढी इन्सिच्युटका विद्यार्थीहरु सहभागी थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीलाई कलेजको अवलोकनका साथै उनीहरूलाई हस्पिटालिटी सेक्टरको बारेमा बुझाइएको आयोजक विद्यार्थी प्रभा राईले जानकारी दिइन् । विद्यार्थी आफैले लगानी जुटाई आयोजना गरिएको यो कार्यक्रमले विद्यार्थीको क्षमता विकासमा पनि मद्दत पुर्याउने उनको भनाई थियाे ।

विभिन्न शैक्षिक संस्थाका विद्यार्थीको उपस्थिति रहेको सो कार्यक्रम विद्यार्थीका लागि निकै उपलब्धिमूलक रहेको राईले बताइन् । ‘ब्याचलर सुरू गर्ने तयारी गरिरहेका विद्यार्थीहरूमा भएको दुविधा समाधान हुनका साथै हस्पिटालिटी सेक्टरमा पनि भविष्य छ भनेर देखाउन कार्यक्रम आयोजना भएको हो ।’ उनले भनिन् ।

कार्यक्रममा झण्डै ५०० विद्यार्थीको सहभागीता रहेको थियो । उनीहरुले एक आपसमा ज्ञान साटासाट गर्नु आफूहरुको लागि एकदमै राम्रो अवसर भएको प्रतिक्रिया दिएका थिए ।






























प्रतिक्रिया