केएमसी बागबजारले कक्षा ११ को लागि लियाे प्रवेश परीक्षा, कति विद्यार्थी भए सहभागी ?

केएमसी बागबजारले कक्षा ११ को लागि लियाे प्रवेश परीक्षा, कति विद्यार्थी भए सहभागी ?

केन्द्रबिन्दु
308
Shares

काठमाडौं । काठमाडौं मोडल सेकेण्डरी स्कुल (केएमसी) बागबजारले आज (२४ गते)बाट कक्षा ११ को विज्ञान संकाय तर्फको प्रवेश परीक्षा सुरु गरेकाे छ । २४ र ३० गते चल्ने उक्त प्रवेश परीक्षामा देशका विभिन्न जिल्लाबाट हजारौं विद्यार्थीहरू सहभागी रहेकाे छ।

केएमसी बागबजारका प्रधानाध्यापक डा. नगेन्द्र अर्यालले आज सञ्चालन भइरहेको प्रवेश परीक्षामा १० हजार विद्यार्थीको सहभागिता रहेको बताए । उनका अनुसार आज विज्ञान संकायको लागि केएमसी प्रवेश परीक्षा गराइरहेको छ ।

‘प्रवेश परीक्षामा विद्यार्थीका सहभागिता उत्साहजनक छ, हामीले २४ र ३० गते गरेर दुई चरणमा परीक्षा गर्दै छौं, अहिले बाढी पहिरोले विकराल रूप लिइरहेको हुँदा छुटेका विद्यार्थीलाई पनि लक्षित गर्दै ३० गते विज्ञान संकायको प्रवेश परीक्षा गर्ने छौं,’ उनले भने । उक्त दिन परीक्षामा करिव ४ हजार विद्यार्थी सहभागी हुने अर्यालले जानकारी दिए ।

‘विगतको वर्षमा विद्यार्थीले गरेको मिहिनेत र उनीहरूले प्राप्त गरेको सफलतामा केएमसीले गरेको प्रयासलाई अतुलनीय छ, सोही कारण पनि विद्यार्थी र अभिभावको आकर्षण केएमसी प्रति बढ्दो छ,’ उनले भने ।

Logo