सल्यानकाे जनता मावि सम्मानित

सल्यानकाे जनता मावि सम्मानित

केन्द्रबिन्दु
15.6k
Shares

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजन गरेको दोस्रो संस्करणको ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ बाट सल्यानको श्री जनता माध्यमिक विद्यालय सम्मानित भएको छ ।

जनता माविमा अध्ययनरत विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा ल्याएको उत्कृष्ट नतिजा आधारमा मंगलबार आयोजित एक विशेष कार्यक्रमबाट सम्मान गरिएको हो ।

समृद्धिको आधार शिक्षा हो भन्ने मान्यता दिँदै यस सामुदायिक विद्यालयले जीवन उपयोगी शिक्षालाई पहिलो प्राथमिकता दिएको छ । विद्यालयबाट उत्पादित जनशक्तिले निजामती प्रशासन, शिक्षा, स्वास्थ्य, सुरक्षा, इन्जिनियरिङ, पत्रकारिता, समाजसेवा र राजनीतिको उच्च तहमा पुगेर राष्ट्रको विकासमा योगदान पुर्याउँदै आएका छन् ।

गुणस्तरीय शिक्षाको लागि स्कुल जिल्लाको पनि निकै लोकप्रिय मानिन्छ । शिक्षाले हेर क्षेत्रमा प्रभाव पार्ने विषयलाई मध्यनजर गर्दै यस श्री जनता माविले सहज सकाइको पनि अवधारण अपनाएको पाइन्छ ।

Logo