एनसीसीएस, पकनाजोलले पायाे ‘मस्ट कन्सिसटेन्ट एकेडेमी अवार्ड २०८१’

एनसीसीएस, पकनाजोलले पायाे ‘मस्ट कन्सिसटेन्ट एकेडेमी अवार्ड २०८१’

केन्द्रबिन्दु
2.7k
Shares

काठमाडौंको पकनाजोलमा रहेको नेशनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस) सेकेण्डरी स्कुल ‘मस्ट कन्सिसटेन्ट एकेडेमी अवार्ड, २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच आईटी र व्यवस्थापन क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको एनसीसीएसलाई मस्ट कन्सिसटेन्ट एकेडेमी अवार्डप्रदान गरिएको हो ।

विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिन सफल यो कलेजले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

यस कलेजले शिक्षाको क्षेत्रमा आफ्नो दुई दशक लामो यात्रा तय गरिसकेको छ । विश्वको रोजगार बजारले खोज्ने योग्य जनशक्ति तयार गर्दै आएको कलेजले निरन्तर उत्कृष्ट नतिजा पनि हासिल गर्दै आएको छ । कक्षा ११ र १२ को पढाई पछि व्यवस्थापन र प्रविधिमा भविष्य बनाउन चाहने विद्यार्थीका लागि यो कलेज उर्बर थलो हो ।

कलेजले स्नातकमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेशन म्यानेजमेन्ट (बीआईएम), ब्याचलर्स अफहोटल म्यानेजमेन्ट प्रोग्राम (बीएचएम), ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इन्फर्मेशन टेक्नोलोजी (बीएसी सीएसआईटी) तथा ब्याचलर्स अफबिजनेश म्यानेजमेन्ट (बीबीएम) र ब्याचलर अफ कम्प्युटर एप्लिकेशन (बीसीए) पढाई हुँदै आएको छ । विषयगत इन्टर्नसिपका लागि सहजीकरण गर्दै रोजगारीका लागि समेत एनसीसीएस कलेज सेतु बनेको छ ।

Logo