जेभियर इन्टरनेसनल कलेजलाई ‘बेष्ट प्लस टु ओभरल पर्फर्मेन्स अवार्ड’

जेभियर इन्टरनेसनल कलेजलाई ‘बेष्ट प्लस टु ओभरल पर्फर्मेन्स अवार्ड’

केन्द्रबिन्दु
261
Shares

काठमाडौंको कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजले ‘बेष्ट प्लस टु ओभरल पर्फर्मेन्स अवार्ड, २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच आफूलाई वास्तविक अर्थमै इन्टरनेसनल लेभलको कलेजका रुपमा स्थापित गराउन सफल जेभियर इन्टरनेशनललाई बेष्ट प्लस टु ओभरल पर्फर्मेन्स अवार्ड प्रदान गरिएको हो ।

प्लस टु, ए लेभलदेखि एमबीएससम्मको बहुआयामिक कार्यक्रम सञ्चालन गरिरहेको जेभियर इन्टरनेशनलले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

‘विद्यार्थीलाई जीवनका लागि तयार गर्नु’ जेभियर इन्टरनेशनल कलेजको मूल ध्येय हो । सोही अनुरुप कलेजले सर्वाङ्गीण विकाससँगै व्यवहार र प्रयोगमा आधारित सिकाई विधि अपनाएको छ । त्यसो त दुई दशक लामो शैक्षिक इतिहास बनाएको छ यो कलेजले । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकाय पठनपाठन गराइरहेको कलेजले क्याब्रिज विश्वविद्यालयको सम्बन्धनमा ए लेभलको पनि कोर्स गराउँदै आएको छ । उत्कृष्ट, अनुशासित, जिम्मेवार र नेतृत्वदायी शिक्षाको पहिचान बनाइसकेको र प्रयोगात्मक एवं समयसापेक्ष शिक्षामा जोड दिँदै आएको यस कलेजले परिवर्तित प्रविधि, पाठ्यक्रम र व्यवहारिक ज्ञानलाई उच्च प्राथमिकतामा राखेको छ ।

Logo