प्रसिद्ध सांगीतिक ब्याण्ड कुटुम्बको ‘स्कुल टु स्कुल कार्यक्रम’ अभियानमा केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले साझेदारी गरेको छ ।
हालै सम्पन्न ‘दाेस्राे केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’को अवसर पारेर ‘स्कुल टु स्कुल कार्यक्रम’ अभियान नामक साझेदारीपत्रमा केन्द्रबिन्दुका प्रबन्ध निर्देशक विदुर खतिवडा र कुटुम्बका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । दुर्गम जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीहरुको उज्वल भविष्यको लागि आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराउन यो साझेदारी कार्यक्रम महत्वपूर्ण हुने केन्द्रबिन्दुले विश्वास व्यक्त गरेको छ ।

आफ्नाे २० वर्षको यात्रामा कुटुम्बले संगीतमार्फत स्वयमंसेवा गर्न सकिने सन्देश पनि दिएको छ। १५ वर्षदेखि उनीहरू ‘स्कुल टु स्कुल टुर’ गर्दै आएका छन्। यस यात्रामार्फत हालसम्म १०० बढी विद्यालयमा हजारौं विद्यार्थीलाई शैक्षिक सामग्रीहरू सहयोग गरेको छ ।
उक्त कार्यक्रममा कुटुम्बले आफ्नो विशेष प्रस्तुतिमा विभिन्न परम्परागत बाजागाजाहरूको सुमधुर संगीतका साथ मनोरञ्जन प्रदान गरेको थियो । राष्ट्रिय सभा, नेपालका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्य रहेको यस कार्यक्रमबाट राष्ट्रिय परीक्षा बोर्डले उत्कृष्ट ठहर्याएका देशभरका १४ सामुदायिक विद्यालय र शैक्षिक परिणाममा उत्कृष्ट रहेका ३१ निजी तथा आवासीय विद्यालयहरूलाई सम्मान भएका थिए ।































प्रतिक्रिया