काठमाडौं । मेहनत र लगनशिलताले विश्वविद्यालयमा छात्रभन्दा छात्रा कुनै हिसाबले पछाडि छैनन् भनेर प्रमाणित गरेका छन् त्रिभुवन विश्वविद्यालयको ५०औं स्वर्ण दीक्षान्त समारोहमा गोल्ड मेडल जित्ने छात्राहरुले । शनिबार सम्पन्न त्रिविको दीक्षान्त समारोहमा छात्रको तुलनामा गोल्ड मेडल पाउने छात्राको संख्या धेरै उच्च पाइएकाे हो ।
दीक्षान्त समारोहमा उत्कृष्ट नतिजा ल्याउने २२ जना विद्यार्थीलाई पदक र पुरस्कारबाट सम्मान गरिएको थियो । जसमध्ये १७ पदक र पुरस्कार छात्राहरुले पाएका थिए भने बाँकी पदक ५ जना छात्रले प्राप्त गरे ।
त्रिभुवन विश्वविद्यालयको स्थापनाको सुरुवाती अवस्थालाई हेर्ने हो भने छात्रको भन्दा छात्राको उपस्थिती न्यून थियो । अझ विश्वविद्यालयमा छात्रालाई भेट्याउन मुस्किल नै पर्थ्यो भन्दा फरक नपर्ला । तर पछिल्लो समयमा महिलाहरुको सहभागिता पेसा, व्यवशायमा मात्र नभई प्राज्ञिक क्षेत्रमा समेत वृद्दि त भएको छ नै । साथसाथै आफूलाई अब्बल सावित पनि गर्दै आएका छन् । यसको गतिलो उदाहरण हो, त्रिविको ५०औं दीक्षान्त समारोहमा पदक र पुरस्कार पाउने छात्राको संख्या झन्डै तीन तिहाई हुनु ।
त्रिविका पदाधिकारीले छात्राहरुले कोटामा परेर नभई प्रतिष्पर्धा गरेर उत्कृष्ट नतिजा ल्याएका हुन् ।
कुन छात्रा कुन पदक बाट सम्मानित भए ? हेरौं-
हिरा क्षेष्ठ
डीनको कार्यालय कीर्तिपुरमा व्यवस्थापन संकायमा एमफिल अध्ययन गरेकी हिरा क्षेष्ठ ३.९५ सिजिपिए ल्याएर त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ सहिद उप–प्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक प्राप्त गरिन् ।
सुधा काफ्ले
स्कुल अफ म्यानेजमेन्ट कीर्तिपुरबाट स्नातकोत्तर अध्ययन गरेकी सुधा काफ्ले ३.९४ सिजिपिए ल्याई श्री इन्द्र भक्त क्षेष्ठ स्वर्ण पदकबाट सम्मानित भइन् ।
सुदीक्षा घिमिरे
सुदीक्षा घिमिरे अंग्रेजी केन्द्रिय विभागबाट अंग्रेजी साहित्यमा स्नात्तकोत्तरमा ३.८८ सिजिपिए अंक ल्याएर उत्तीर्ण भई नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा. मोहनप्रसाद लाखे स्वर्ण पदकबाट सम्मानित भएकी छन् ।
अनुष्का घिमिरे
पिपल्स क्याम्पस पकनाजोलबाट एमविएसमा ३.८५ सिजिपिए अंक ल्याई उत्तीर्ण भएकी अनुष्का क्षेष्ठले पहिलोपटक ने. बै . लि. सरदार गुञ्जमान सिं स्वर्ण पदक र महिलातर्फ पहिलो पटक रामकृष्ण न्युच्छे प्रधान पुरस्कारबाट सम्मानित भइन् ।
श्रीणा क्षेत्री
त्रिविको केन्द्रिय क्याम्पसबाट वनस्पति शास्त्रमा स्नातकोत्तर तहमा ३.८० सिजिजपिएसहित उत्कृष्ट नतिजा ल्याएकी श्रीणा क्षेत्री इमिरेट्स प्रा.डा. रामप्रसाद चौधरी स्वर्ण पदक प्राप्त गरिन् ।
श्रीया काफ्ले
केन्द्रिय क्याम्पसबाट अर्थशास्त्रमा ३.६७ सिजिपिएस अंक ल्याएर उत्तीर्ण भएकी श्रीया काफ्ले अर्थशास्त्रमा सर्वप्रथम तारापद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कारबाट सम्मानित भइन् ।
सिताकुमारी श्रेष्ठ
शिक्षाशास्त्र केन्द्रिय विभाग कीर्तिपुरबाट स्नातकोत्तरमा ३.४५ सिजिपिए ल्याएर उत्तीर्ण भएकी सिता कुमारी श्रेष्ठ महिलाहरुमा सर्वप्रथम सिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कारबाट सम्मानित भइन् ।
आकृति झा
शंकरदेव क्याम्पसकी छात्रा आकृति झा ३.९९ सिजिपिए अंक ल्याई भाईस चान्सलर पदक र भ्याईथ सत्य माँ स्मृति स्वर्ण पदकबाट स्नातक तहको परीक्षामा पहिलोपटक सम्मानित भइन् ।
संगिता प्रजापति
सानोठिमी क्याम्पसबाट ७५.१५ प्रतिशत अंक ल्याई बिएडमा स्नातकोत्तर उतिर्ण गरेकि संगिता प्रजापति बिएड परिक्षामा महिलाहरुतर्फ बाट सर्वप्रथम सुशीलादेवि शर्मा पुरस्कार बाट सम्मानित भइन् ।
त्यसैगरी त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसका एम एस्सी रसायन शास्त्र विषयमा पहिलोपटक सुशील पोखरेलले अमृत पदक प्राप्त गरे । उनले ३.९५ सिजिपिए ल्याएर उत्तीर्ण भएका हुन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभागका, कीर्तिपुरका प्रतिक जोशी ३.८१ सिजिपिए ल्याई डा. दुबसु क्षेत्री स्वर्ण पदक प्राप्त गरे ।
पुस्तकालय तथा सुचना विज्ञान केन्द्रिय विभाग, त्रिभुवन विश्वविद्यालयबाट एमए पुस्तकालय विज्ञान विषयमा सर्वप्रथम संजिवकुमार सिंहले शान्ति नारायण मिश्र पदकबाट सम्मानित भए । उनी ३.७५ सिजिपिए ल्याएर उत्तीर्ण भएका हुन् ।
क्याथफोर्ड इन्टरनेसनल कलेजका सिभिल इन्जिनियरिङ विषयको स्नातक तहमा सर्वप्रथम शिवराज पन्त स्मृति पुरस्कारबाट सम्मानित भए । त्यसैगरी नीलकण्ठ बहुमुखी क्याम्पसका आभास मिश्र बीबीएस परिक्षामा सर्वप्रथम ने. बैं. लि. छत्रबहादुर पदकबाट सम्मानित भए ।
त्रिभुवन विश्वविद्यालयको ५०औं दिक्षान्त समारोहमा १४ हजार तिन सय ८ जना विद्यार्थी दीक्षीत हुँदा स्नातक तहका ९ हजार ६८, स्नातकोत्तर तहका ५ हजार ५५, एमफिल तहका पीएचडीका १ सय १२ जना विद्यार्थी दीक्षीत भएका हु्न् । ६२औं ग्रेस लिस्टमा समावेश ७४ हजार, १ सय ४९ जना विद्यार्थीले ट्रान्सक्रिप्ट लिएका थिए । जसमध्ये १४ हजार ३ सय ८ जना विद्यार्थीले दीक्षान्त समारोहमा भाग लिएका थिए ।































प्रतिक्रिया