मोरङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सङ्घीय शिक्षा ऐन चाँडै ल्याइने बताएकी छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज आयोजित ‘सङ्घीय संरचनामा शिक्षा व्यवस्थापन’ विषयक छलफल एवं सुझाव सङ्कलन कार्यक्रममा मन्त्री भट्टराईले सङ्घीय शिक्षा ऐन संसदीय समितिमा छलफल प्रक्रियामा समेत अघि बढिसकेकाले चाँडै आउने र कार्यान्वयनमा आउने बताएकी हुन् ।
मन्त्री भट्टराईले शिक्षा क्षेत्र समस्याग्रस्त भएकाले यसको सुधारका लागि कानुन निर्माण आवश्यक रहेको बताइन् । उनले सरकार कानुन निर्माणका साथै व्यवहारिक पक्षलाई पनि बलियो बनाउने पक्षमा रहेको धारणा राखिन् । सहकार्य, समन्वय र सहअस्तित्वमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिने उनको भनाइ थियो ।





























प्रतिक्रिया