ड्रीम अन एजुकेशनको ब्रान्ड एम्बास्डरमा अञ्जना राना मगर नियुक्त

ड्रीम अन एजुकेशनको ब्रान्ड एम्बास्डरमा अञ्जना राना मगर नियुक्त

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । ड्रीम अन एजुकेशनको ब्रान्ड एम्बास्डरमा अञ्जना राना मगर नियुक्त भएकी छिन् । अरन्या बुटिक होटलमा भव्य रूपमा सम्पन्न भएको ड्रीम अन एम्बास्डर सम्झौतासभामा मगरलाई प्रेरणादायी नारासहित ब्रान्ड एम्बासडरको रूपमा स्वागत गरिएको हो ।

ब्रान्ड एम्बासडर अञ्जना राना मगरले आफ्ना अनुभवहरू साझा गर्दै भनिन्, ‘ड्रीम अन एजुकेशनको हिस्सा हुन पाउँदा म सम्मानित महसुस गरिरहेकी छु । फुटबलमा जस्तै, जीवनमा सपना पूरा गर्न फोकस, अनुशासन र मेहनत आवश्यक छ । म विद्यार्थीहरूलाई आफ्ना लक्ष्यहरू पूरा गर्न प्रेरित गर्ने प्रतिबद्धता गर्दछु ।’

ईक्यान अध्यक्ष शेषराज भट्टाराईले ड्रीम अनको दृष्टिकोणको चर्चा गर्दै भने, ‘ड्रीम अनले युवाहरूलाई चुनौतिहरू पार गर्दै आफ्नो सम्भावनाहरूको खोजी गर्न मार्ग देखाइरहेको छ । मगरको सहभागिताले समर्पणलाई थप मजबुत बनाएको छ ।’

पूर्व ईक्यान अध्यक्ष दीपक गुरुङले ड्रीम अनको शैक्षिक प्रतिबद्धताको प्रशंसा गर्दै भने, ‘ड्रीम अनले विद्यार्थीहरूको उज्ज्वल भविष्य बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यो पहलले अझ सशक्त बनाउनेछ ।’

एआईएसए इन्टरनेशनल नेपाल इन्स्योरेन्सकी महाप्रबन्धक सिपा रेग्मीले शैक्षिक साझेदारीको महत्त्वलाई जोड दिँदै ड्रीम अन केवल शिक्षामा सीमित नभएर सहनशीलता, नेतृत्व र चरित्र निर्माणमा केन्द्रित भएको बताइन् । ‘हामी यो परिवर्तनकारी यात्राको हिस्सा हुन पाउँदा गर्व गर्छौं ।’ उनले भनिन् ।

ड्रीम अन एजुकेशन शैक्षिक परामर्श र करियर विकासमा अग्रसर संस्था हो । यसले विश्वव्यापी साझेदारी र विशेषज्ञ मार्गदर्शनद्वारा विद्यार्थीहरूलाई शैक्षिक र व्यावसायिक सफलतामा पुर्‍याउँछ ।

Logo