जन्मदिनमा प्रधानाध्यापकद्वारा विद्यार्थीलाई पोसाक वितरण

जन्मदिनमा प्रधानाध्यापकद्वारा विद्यार्थीलाई पोसाक वितरण

केन्द्रबिन्दु
99
Shares

फिक्कल (इलाम)। जिल्लाको इलाम नगरपालिका–१२ स्थित रत्नलक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक उमाकान्त भट्टराईले आफ्नो जन्मदिनको अवसरमा आफ्नै विद्यालयका बालबालिकालाई पोसाक वितरण गरेका छन् ।

प्रधानाध्यापक भट्टराईले शुक्रबार ३५ जना विपन्न विद्यार्थीलाई पोसाक वितरण गरे । प्रधानाध्यापक भट्टराईले जन्मदिनको अवसर पारेर ३५ जना विपन्न विद्यार्थीलाई विद्यालय पोसाक दिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नविन लिङदमले जानकारी दिए ।

विद्यालय पोसाक किन्नसमेत समस्या पर्ने अभिभावकलाई सहयोग हुनका साथै बालबालिकालाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई पोसाक वितरण गरेको प्रधानाध्यापक भट्टराईले बताए।

“मेरो जन्मदिनको अवसरमा केही सकरात्मक र रचनात्मक काम गरौँ भन्ने मनमा लागेकाले विद्यार्थीलाई पोसाक सहयोग गरेको हुँ,” प्रधानाध्यापक भट्टराईले भने, “अबदेखि म हरेक वर्ष आफ्नो जन्मदिनमा यस्तै काम गर्नेछु ।”

प्रधानाध्यापक भट्टराईले अन्य विद्यार्थीलाई शैक्षिक सामग्री (कपी र डटपेन) उपहार दिएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन लिङ्दमको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष यामबहादुर कटुवाल, सदस्य मुकेश कटुवाल, अभिभावक कुमार पौडेलसहित सञ्चारकर्मीको सहभागिता थियो ।

Logo