अल्फाबिटामा ‘युएसए एड्मिसन डे, २०२५’ सम्पन्न, ७०० भन्दा बढी विद्यार्थीको उत्साहजनक सहभागिता

अल्फाबिटामा ‘युएसए एड्मिसन डे, २०२५’ सम्पन्न, ७०० भन्दा बढी विद्यार्थीको उत्साहजनक सहभागिता

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । नयाँ बानेश्वरमा अवस्थित शैक्षिक परामर्शदाता अल्फाबिटा एजुकेशन कन्सल्टेन्सीले ‘युएसए एड्मिसन डे, २०२५’ आयोजना गरेको छ।

विद्यार्थीहरूलाई अमेरिकाको उच्च शिक्षा र भिसा प्रक्रियाको बारेमा जानकारी दिन र उनीहरूको सपना साकार पार्न मद्दत गर्ने उद्देश्यका साथ युएसए एड्मिसन डे आयोजना गरिएको हो। अल्फाबिटाले युएसए एड्मिसन डे वार्षिक ३ पटक गर्दै आएको छ।

अल्फाबिटा कम्प्लेक्स नयाँ बानेश्वरस्थित केन्द्रीय भवनमै आयोजना भएको यस शैक्षिक कार्यक्रम विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको हो। यस शैक्षिक कार्यक्रममा ७०० सय भन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको थियो । अमेरिकाका १० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहको यस कार्यक्रममा निःशुल्क भिसा, इन्टर भ्यू तयारी सत्र र यसको नयाँ अपडेटलगायतबारे जानकारी दिइएको थियो।

यो कार्यक्रममा विद्यार्थीहरूले अमेरिकाको उच्च शिक्षा, भिसा प्रक्रिया, स्कलरसिप र एडमिसन प्रकृयाबारेमा प्रत्यक्ष जानकारी प्राप्त गर्नुका साथैं उज्वल भविष्यको योजना बनाउने एक उत्तम अवसरका रुपमा लिएका छन् । कार्यक्रममा सहभागी विद्यार्थीहरुले अमेरिकी विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष कुराकानी गरेर आफ्नो प्रश्नहरूको जवाफ पाएका थिए।

साथै एड्मिसन डेमा सहभागी हुने विद्यार्थीहरूले प्रोसेसिङ शुल्कमा ५० प्रतिशतसम्म छुट पाउनुका साथैं एकजना भाग्यशालीले लक्की ड्र मार्फत आइप्याड जित्न सफल पनि भए ।

अल्फाबिटा कम्प्लेक्सका सञ्चालक द्विराज शर्माले कार्यक्रममा सहभागी विद्यार्थीहरुले सम्बन्धित वि श्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष कुराकानी गर्न पाउनुका साथैं एडमिसन, स्कलसिप, कुन सहर रोज्ने र के पढ्नेलगायत सम्पूर्ण ज्ञान एउटै छानामुनी प्राप्त गरेको जानकारी दिए । यस्तै सञ्चालक शर्माले अमेरिकामा उच्च शिक्षाका लागि परामर्श दिने नेपालकै सबैभन्दा ठुलो परामर्श संस्था अल्फाबिटा एजुकेशन कन्सल्टेन्सी भएको पनि दाबी गरे ।

अल्फाबिटा एजुकेशन कन्सल्टेन्सी विगत लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत संस्था हो। यस कन्सल्टेन्सीले विभिन्न शिर्षकमा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श दिँदै आएको छ।

तस्विरमा हेर्नुहोस्…

Logo